होन्डुरसमा ७.६ रेक्टरको भूकम्प
होन्डुरस — मध्य अमेरिकाको होन्डुरसको उत्तरमास्थित क्यारिबियन समुद्रमा केहीसमय अघि ७.६म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ अध्ययन संस्था (यूएसजीएस)ले जनाएको छ । भूकम्प गएसँगै त्यहाँ 'प्यासिफिक सुनामी वार्निङ सेन्टर'ले त्यहाँ वरपर पर्ने स्थानमा सुनामी आउनसक्ने चेतावनी दिएको थियो।
सुनामीको चेतावनी भने हटाइएको छ ।
यूएसजीएसका अनुसार साे भूकम्पकफ केन्द्रविन्दु होन्डुरसको बार्रा पाटुकाबाट २०२ किमी उत्तरपूर्व र केमन टापुस्थित जर्ज टाउनबाट १९१ किमी दक्षिणपश्चिममा रहेको छ । जमिनी सतहभन्दा १० किमी मात्रै तल यसको केन्द्र रहेकोले धेरै टाढासम्म महसुस हुने र क्षति पनि धेरै हुनसक्ने अनुमान छ ।
भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।
प्रकाशित : पुस २६, २०७४ ०९:०८प्रतिक्रिया