२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बालिकाको हत्यापछि हिंसात्मक प्रदर्शन

इस्लामाबाद — पाकिस्तानको कसुर जिल्लामा एक बालिकाको बलात्कारपछि हत्या भएको घटनापछि हिंसात्मक प्रदर्शन सुरु भएको छ । त्यस क्रममा एक जनाको मृत्यु भएको छ । 

बालिकाको हत्यापछि हिंसात्मक प्रदर्शन

मंगलबार बेपत्ता भएकी ८ वर्षीया बालिकाको शव घरबाट दुई किलोमिटर टाढा फोहोरको थुप्रोमा फेला परेको थियो । उक्त घटनापछि कसुर जिल्लामा प्रदर्शन भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा केही मानिस मारिएको आशंका छ । तर यसको पुष्टि भएको छैन । प्रहरीले दोषीको खोजीका लागि

२ सयभन्दा बढी अधिकृत खटिएका छन् ।

लाहौर उच्च न्यायालयले स्थानीय प्रशासनसँग घटनाबारे विस्तृत रिपोर्टमा मागेको छ । पन्जाब प्रान्तका मुख्यमन्त्री सहबाज सरिफले पनि घटनाका बारेमा जानकारी लिएका छन् । उनले

आफ्नो ट्वीटमा यस घटनाबारेमा सुरक्षा अधिकारीहरूसँग वार्ता गरेको र दोषी पत्ता लगाएर कडा कारबाही गर्न निर्देशन दिएको उल्लेख गरेका छन् ।

बालबालिकाको अपहरणपछि हत्या गरिएका यस्ता घटना अरू पनि भएको प्रहरीले जनाएको छ । यस्तो घटनामा एकै व्यक्तिको हात रहेको हुन सक्ने प्रहरीको आशंका छ । यो घटनापछि पाकिस्तानमा सामाजिक सञ्जालमा व्यापक आक्रोश पोखिएका छन् । ‘जस्टिसफरजैनाव’ हयासटयागका साथ विश्वभरबाट डेढ लाखभन्दा बढी ट्वीट भएका छन् ।

प्रकाशित : पुस २७, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?