सात वर्षीय बालिकाको बलात्कारपछि हत्याको विरोधमा देशव्यापी प्रदर्शन

रासस/सिन्ह्वा

इस्लामावाद — पाकिस्तानका एकजना सात वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन जारी रहेको समाचार छ । 

सात वर्षीय बालिकाको बलात्कारपछि हत्याको विरोधमा देशव्यापी प्रदर्शन

स्थानीय सञ्चारमाध्यमहरुकाअनुसार पञ्जाव प्रान्तकी वासिन्दा सात वर्षीया जाइनाबलाई गत जनवरी ५ मा ट्युसन पढ्न गइरहेको बेला अपरान्ह एक सङ्कास्पद व्यक्तिले अपहरण गरेको थियो ।


बालिकालाई अपहरण गरेको दृश्य सिसिटीभीको फुटेजबाट पत्ता लागेको थियो । त्यसपछि उनको शव उनलाई अपहरण गरिएको स्थानबाट एक माइल पर चार दिनपछि भेटिएको थियो ।


उनको शव फोहोरको कन्टेनरमा भेटिएको थियो । त्यसपछि उक्त घट्नाको विरोधमा पञ्जावमा आन्दोलन भएको थियो ।


हत्याराई भेटेर झुण्डाएर मार्नुपर्ने मागगर्दै पाकिस्तानका विभिन्न सहरमा दैनिकजसो विरोध हुदै आएको छ । प्रदर्शनकारीहरुले बालबालिकामाथि हुने गरेका यस्ता हिंसाको घट्नाका दोषीलाई कडाभन्दा कडा कारबाही माग गरिरहेका छन् ।


उनलाई बारम्बार बलात्कार गरेर हत्या गरिएको देखिएको प्रतिवेदन प्रहरीले दिएको थियो । त्यस घट्नाले पाकिस्तान स्तब्ध भएको बताइएको छ ।


हत्यारा पत्ता नलाग्दासम्म ती बालिकाको अन्त्येष्टि नगरिने उनका बुबाले अडान लिएका छन् । आज चौथो दिन पनि पाकिस्तानका विभिन्न सहरमा विरोध प्रदर्शन जारी छन् र उनीहरुले हत्यारा पत्ता लगाएर उसलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिरहेका छन् ।


प्रकाशित : पुस २७, २०७४ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?