२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

राष्ट्रपति ट्रम्पले केही मुलुकलाई 'सीटहोल' देशहरु भनेपछि........

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हाइटी र अफ्रिकी देशका आप्रवासीहरुको सन्दर्भलाई लिएर गरेको एक टिप्पणी विवादमा परेको छ । संसारभरका सञ्चार माध्यम त्यो शब्दको अनुवाद र विश्लेषणमा लागेको छ ।

राष्ट्रपति ट्रम्पले केही मुलुकलाई 'सीटहोल' देशहरु भनेपछि........

बीबीसीका अनुसार ट्रम्पले अप्रवासी सम्बन्धी नियमका बारेमा सिनेटरहरुसंग भएको छलफलका क्रममा प्रश्न गरेका, 'हामीलाई ति 'सीटहोल' (फहोरी स्थान) देशका नागरिकहरु यहाँ किन ल्याउनु पर्यो ?'


यो शब्द ति मुलुक र ति मुलुकका नागरिकका लागि अपमानजनक मानिएको छ । यही शब्दका कारण ट्रम्प आफ्रिकी मुलका अमेरिकी संस्थाहरु, आफ्नै पार्टी तथा विपक्षी साँसदहरुको निसानामा परेका छन् । उनको अलोचना भइरहेको छ ।


खास गरेर विभिन्न प्राकृतिक प्रकोप तथा युद्ध जस्ता मानव सृजित विपत्तिबाट परेका मुलुकका नागरिकहरुलाई दिइने 'टेम्पोररी प्रोटेक्सन स्टाटस' अध्यागमन व्यबस्थालाई अन्त्य गर्ने सम्बन्धमा भएको छलफलका क्रममा उनले यो शब्द प्रयोग गरेका हुन् ।


खासमा एलसाल्भडोर, हाइटीलगायतका केही मुलुकका नागरिकलाई दिइदै आएको उक्त सुविधा कटौतीका लागि राष्ट्रपति ट्रम्प दृढ छन् भने केही सिनेटरहरु त्यसको विरुद्धमा छन् । सरकारको पछिल्लो आदेशले करिव २ लाख साल्भडरियनहरु घरफिर्ता हुनुपर्ने बताइएको छ ।


ट्रम्पल् प्रयोग गरेको उक्त शब्दलाई संयुक्त राष्ट्रसंघको एक अधिकारीले 'जातिवादी' को संज्ञा दिएको बताइएको छ । तर, राष्ट्रपति ट्रम्पले भने निक्कै समयपछि आफुले क्त शब्द प्रयोग नगरेको उल्लेख गरेका छन् ।


बीबीसीले ट्रम्पको उक्त शब्द कुन भाषामा कसरी अनुवाद भएको छ भन्ने पनि रोचक जानकारी दिएको छ ।

प्रकाशित : पुस २८, २०७४ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?