कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भारतमा बस दुर्घटना र आगलागीमा १३ को मृत्यु, १० जना घाइते

नयाँदिल्ली — भारतमा बस दुर्घटना र आगलागीमा परी १३ को मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

भारतमा बस दुर्घटना र आगलागीमा १३ को मृत्यु, १० जना घाइते

दक्षिणी राज्य कर्नाटकमा पुल तर्दै गर्दा शनिबार तलाउमा बस खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । कर्नाटक राज्यको राजधानी बैङलुरुदेखि २५० किलोमिटर टाढा पर्ने हास्सान जिल्लामा दुर्घटना भएको हो । दुर्घटनामा परेको सरकारी बसमा चालक र सहयोगीसहित ५० जना यात्रु रहेका थिए ।

तिब्र गतिमा रहेको बसको चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक विवरणबाट देखिएको एक जना वरिष्ठ प्रहरी अधिकारीहरुले बताएका छन् ।


मृतकमध्ये दुई जना महिला छन् । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । बैङलुरुबाट धर्मास्तला जादै गर्दा बस दुर्घटना भएको हो ।


यसैगरी, जयपुर सरहको विधानगर क्षेत्रमा एक आवासीय भवनमा शनिबार भएको एक आगलागीमा एक परिवारको पाँच सदस्यको मृत्यु भएको छ । ग्यास सिलिण्डर पड्किएर आगलागी भएको बताइएको छ । आगलागीको समाचार प्राप्त भएपछि आग्राको भ्रमणमा रहेका परिवार तीन सदस्य पनि जयपुर फर्किएका बताएको छ ।

प्रकाशित : पुस २९, २०७४ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?