कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आत्मघाती आक्रमणमा कम्तीमा ३५ मारिए

बीबीसी

बग्दाद — इराकको राजधानी बग्दादमा सोमबार गरिएका आत्मघाती बम आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । आक्रमण तीन दिनयता दोस्रो पटक गराइएको हो । 

आत्मघाती आक्रमणमा कम्तीमा ३५ मारिए

तायारन स्क्वायरको व्यापारिक क्षेत्रमा भएको आक्रमणमा कम्तीमा १ सय ५ जना घाइते भएको अधिकारीले जनाएका छन् । सन् २०१४ मा इस्लामिक स्टेट (आईएस) ले इराकका कतिपय स्थानमा नियन्त्रण जमाएपछि राजधानी बग्दादमा बम आक्रमण र सशस्त्र आक्रमणका घटनामा वृद्धि भएको हो । तर गत महिना इराकी सरकारले आईएसलाई पूर्णरूपमा परास्त गरेको घोषणा गरेपछि भने इराकमा हिंसात्मक घटनामा कमी आएको छ । आन्तरिक मामिला मन्त्रलायका अनुसार सोमबार शरीरमा विस्फोटक पदार्थ बोकेका दुई जनाले आक्रमण गरेका हुन् । प्राय:जसो भीडभाड हुने उक्त क्षेत्रमा यसअघि पनि पटक पटक आक्रमण भएका थिए । उक्त स्थानमा निर्माण मजदुरहरू दैनिक ज्यालादारी कामको खोजीमा भेला हुने गर्छन् ।

अधिकारीले सोमबार गराएको आक्रमण सकेसम्म धेरै मानवीय क्षति पुर्‍याउने उद्देश्यले गरिएको बताएका छन् । गत शनिबार बग्दादको उत्तरी क्षेत्रको एक जाँच केन्द्रमा गराइएको आक्रमणमा ५ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : माघ २, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?