१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

विमानस्थल झडपमा मृत्यु हुनेको संख्या २० पुग्यो

त्रिपोली — लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूले आक्रमण गरेपछि सुरक्षाकर्मी र आतङ्ककारीबीच भएको झडपमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । उक्त आक्रमणमा अन्य ६३ जना घाइते भएका छन् । 

जेलमा रहेका आफ्ना समर्थकलाई छुटाउन भन्दै लडाकूले सोमबार विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षबीच झडप भएको अधिकारीले बताएका थिए । झडपका क्रममा भएको गोलाबारीमा परी छ वटा विमान प्रभावित भएको जनाइएको छ । मारिएका मध्ये कति जना लडाकूतर्फका छन् र कति जना सर्वसाधारण छन् भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।


घटनामा परी घाइते भएकामा केहीको अवस्था गम्झीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ ।

मिटिगा विमानस्थल त्रिपोलीबाट पूर्वतर्फ पर्दछ । यो आमनागरिकले प्रयोग गर्ने अन्तर्राष्ट्रिय विमानस्थल हो । सन् २०१४ मध्यतिर विद्रोही लडाकूले आक्रमण गर्दा भएको झडपपछि सो विमानस्थल क्षतिग्रस्तरुपमा रहेको छ ।


उत्तर अफ्रिकी मुलुक लिबियामा लामो समय मोहमर गद्दाफीले तानाशाही शासन व्यवस्था लागू गरेका थिए ।

प्रकाशित : माघ २, २०७४ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?