१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कमाण्डरसहित छ तालिबानको मृत्यु

–रासस/सिन्हवा

जलालाबाद — पूर्वी अफगान प्रान्त नान्गाहारमा तालिबान आतङ्ककारी समूह लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा एकजना कमाण्डरसहित छ जना तालिबान आतङ्ककारी मारिएका छन् । नान्गाहारको प्रान्तीय सरकारले बुधबार प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको हो । 

अफगान गुप्तचर निकायले दिएको सूचनाको आधारमा खोगीआनी जिल्लामा मङ्गलबार साँझ तालिबान आतङ्ककारी लुकेर बसेको स्थानमा लक्ष्य गरेर हवाई कारबाही गरिएको विज्ञप्तिमा जनाइएको छ । कारबाहीको क्रममा एकजना कुख्यात तालिबान कमाण्डर मोहिदुल्लाह आलिज यासेरसहित छ आतङ्ककारीको घटनास्थालमा नै मृत्यु भएको पनि विज्ञप्तिमा जानकारी दिइएको छ ।


कारबाहीको विषयमा हालसम्म तालिबान आतङ्ककारी समूहको तर्फबाट भने कुनै टिप्पणी आएको छैन ।

प्रकाशित : माघ ३, २०७४ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?