कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेबी मिल्क कम्पनीमा छापा

बीबीसी

पेरिस — फ्रान्सको बेबी मिल्क उत्पादन कम्पनी ल्याक्टेलिसमा साल्मोनेला ब्याक्टेरिया फेला परेपछि फ्रेन्च प्रहरीले कम्पनीका कैयौं साइटमा अनुसन्धान सुरु गरेको छ । कम्पनीले ८३ देशबाट बेबी मिल्क पाउडरका १ करोड २० लाख बट्टा फिर्ता लिइसकेको छ । ब्याक्टेरियाका कारण फ्रान्सभर ३७ बालबालिका प्रभावित भएका जनाइएको छ । 

बेबी मिल्क कम्पनीमा छापा

उक्त दूध खाएपछि बच्चा बिरामी भएको भन्दै तिनका अभिभावकले मुद्दा दायर गरिसकेका छन् । प्रहरीले उत्तरपश्चिम फ्रान्सको क्राओनस्थित उद्योगमा छापा मारेको छ । गत महिना ब्याक्टेरिया फेला परेको भनिएपछि उक्त उद्योग बन्द गरिएको थियो । ल्याक्टेलिसका प्रवक्ता माइकल नालेटले उद्योगमा प्रहरी उपस्थितिको पुष्टि गर्दै सहज अनुसन्धानका लागि आफूहरूले न्यायिक अधिकारीहरूलाई सहयोग गरिरहेको बताए ।

ल्याक्टेलिस दुग्धजन्य उत्पादनका लागि विश्वमै अग्रणी मानिन्छ । यसको वार्षिक व्यापार २१ अर्ब डलर रहेको जनाइएको छ । यसका ४७ देशका २ सय

४६ उत्पादन केन्द्र छन् भने फ्रान्समा मात्र १५ हजार कर्मचारी कार्यरत छन् ।

प्रकाशित : माघ ४, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?