बसमा आगलागी, ५२ मारिए

एजेन्सी

अस्ताना — उत्तर–पश्चिम काजकस्तानमा बिहीबार एक बसमा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । आन्तरिक मन्त्रालयले आगो लागेको बसबाट चालकसहित ५ जना बँच्न सफल भएका थिए । २ जनाको भने उपचारका क्रममा मृत्यु भएको हो । 

मन्त्रलायका अनुसार दुर्घटना स्थानीय समयअनुसार १०:३० बजे एक्टोबे क्षेत्रको इर्गिज जिल्लामा भएको हो । रूसबाट समारा साइमकेन्त हुँदै उज्जेकिस्तानर्फ गइरहेको बताइएको छ ।


२ हजार २ सय किलोमिटर लामो उक्त बाटोमा रूसका निर्माण स्थलहरूमा काम गर्ने प्रवासी श्रमिकले यात्रा गर्ने गर्छन् । आपत्कालीन सेवा मन्त्रलायका अनुसार बसमा ५५ यात्रु र २ चालक थिए । मन्त्रालयले आगलागीमा घाइते ५ जनाको उपचार भइरहेको र अन्यको मृत्यु भएको पुष्टि गरेको छ ।


एक चालकलाई उद्धृत गर्दै एएफपीले काजकस्तानमा दर्ता भएको बसका यात्रु सबै उज्बेक नागरिक भएको जनाएको छ । उनका अनुसार बसमा निकै छिटो आगलागी फैलिएको थियो ।


हंगेरीमा बनेका ‘इकारस’ मोडलका बस दशकौं पुराना भए पनि कतिपय पूर्व सोभियत संघका देशमा सञ्चालनमा छन् । आगलागीको कारण भने थाहा हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको र चाँडै विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित : माघ ५, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?