विवाद र आलोचनाका बीच ट्रम्पको एक वर्ष

काठमाडौँ — अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा डोनल्ड ट्रम्पले कार्यभार पुरा गरेको एक वर्ष भएको छ तर उनी राष्ट्रपतिमा निर्वाचित भएदेखि नै अचम्मित भएको विश्व समुदाय उनका अधिकांश क्रियाकलाप अस्वभाबिक मान्दै आएको छ ।

विवाद र आलोचनाका बीच ट्रम्पको एक वर्ष

उनी एक वर्ष उनी विवादित, आश्चर्यजनक र हाँसोको पात्रमै सिमित बनिरहे । बीबीसीले विश्वका बिभिन्न देशका आमनागरिकलाई राष्ट्रपति ट्रम्पको बारेमा के भन्नुहुन्छ भनेर सर्वेक्षण नै गरेको थियो । त्यसमा अधिकांशले ट्रम्पलाई हाँसो लाग्दो र रोचक भन्ने अभिव्यक्ति दिएका छन् ।

ट्रम्पका रोचक प्रसंग सुरु गर्दा सायदै सबै एकछिन त अलमल मै पर्छन् होला, कहाँबाट सुरु गरौं भनेर । उनको सबैभन्दा पछिल्लो अभिव्यक्ति 'सिटहोल राष्ट्र' भनि अफ्रिकी देशहरुलाई दिएको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ । अफ्रिकन युनियनले त ट्रम्पले माफी माग्नु पर्ने भन्दै विज्ञप्ति सार्वजनिक गरेको छ । तर, राष्ट्रपति ट्रम्पले पुन रोर्यटर्सद्वारा ओभल अफिसमा लिइएको अन्तर्वार्तामा आफूले कुनै अपशब्द प्रयोग नगरेको तर डेमोक्रेटिक सासंदले आफ्नो भनाइलाई अपख्याया गरेको भन्दै उल्टो फर्किए ।

ट्रम्पबारे प्रकाशित 'फायर एण्ड फ्युरी: इनसाइड द ट्रम्प ह्वाइटहाउस' पुस्तक पनि निकै विवादित बन्यो । माइकल वुल्फले लेखेको उक्त पुस्तकमा राष्ट्रपति ट्रम्पको विवास्पद छबिहरुलाई बिस्तारमा उल्लेख गरिएको छ । लेखक वुल्फले पुस्तकको बारेमा अमेरिकी टेलिभिजन एनबीसीलाई अन्तवार्ता दिँदै राष्ट्रपति ट्रम्प अमेरिकाको राष्ट्रपति पदका लागि उपयुक्त नभएको दाबी नै गरे ।


राष्ट्रपति ट्रम्पबारे अमेरिकी आमनागरिकलाई विशेष चासो भएर नै होला पुस्तक बजारमा आउनुभन्दा पहिला नै उनको पुस्तक किन्न लाइन लागेको थियो । पुस्तकले राष्ट्रपति ट्रम्पको मानिसक सन्तुलन र सक्षमतामाथि नै प्रश्न चिन्ह खडा गरेपछि ह्वाइट हाउसले उनको मानसिक अवस्था ठीक रहेको भनि विज्ञप्ति नै निकाल्नुपर्‍यो । राष्ट्रपति ट्रम्पका आधिकारिक चिकित्सक डा. रोनी ज्याक्सनले पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पको हेर्ने, सुन्ने, सोच्ने वा मानसिक स्वास्थ्य कार्यकाल भरी स्वस्थ्य रहने भनि आश्वस्त पर्ने कोशिस गरे ।


सञ्चार माध्यमप्रति नकारात्मक रहने राष्ट्रपति ट्रम्प सामाजिक सञ्जाल टुवीट्मा भने निकै सक्रिय देखिन्छन् । ह्वाइट हाउसका कतियप सुचना नै सबैभन्दा सुरुमा टुवीट मार्फत सार्वजनिक भएर त्यसलाई आधार मान्नु पार्ने अवस्थालाई सञ्चारमाध्यमले नजिकैबाट नियालेका छन् । बेलायतका पत्रकार एन्ड्यु बुनकोमले राष्ट्रपति ट्रम्पले ट्वीटलाई हतियार बनाएको उल्लेख गरेका छन् । सञ्चारमाध्यमले आफ्नो बारेमा गलत समाचार सम्प्रेषण गरेको भन्दै ट्वीटमा आक्रोश व्यक्त गरिरहेने राष्ट्रपति ट्रम्पले १ वर्षको कार्यकालमा ३६ हजार ८ सयको हाराहारीमा ट्वीट गरेका छन् ।


उनको ट्वीट प्रयोगको बारेमा आलोचना नै हुन थालेपछि यदि ट्वीट नभएको भए आफू राष्ट्रपतिमा निर्वाचित नै नहुने अभिव्यक्ति दिए । तर उनको ट्वीट उत्याधिक प्रयोगबारे पुर्व राष्ट्रपति बराक ओबामाले समेत आलोचना गरे । उनका ट्वीटमा अमेरिकामा हिमपात धेरै भयो, पृथ्वीको तापमान अझै बढाउनु पर्ने आवश्यकता रहेका जस्ता ट्वीट समेत आएका छन् । त्यसो त उनका व्यक्तिगत गालीगलौजका अभिमव्यक्ति पनि ट्वीटमा आउने गरेका छन् । चीन कहिले पनि राम्रो मित्र राष्ट्र नभएको उल्लेख गर्दै उत्तर कोरियालाई सहयोग गरिरेहको आरोपमा चीनको आलोचना मात्र हुने ट्रम्पका ट्वीटमा हाल भने चीनको प्रशंसा भेटिन्छन् । राष्ट्रपति ट्रम्पले आफ्ना अभिव्यक्तिलाई आफ्नै भनाइले कटाक्ष गर्ने ट्वीटहरु आउने कारणले पनि उनलाई राजनीतिक विश्लेषकहरुले अदुरदर्शी भनि व्याख्या गर्ने गरेका छन् ।

अमेरिकाको विदेश नीति नै हो, जसले गर्दा अमेरिका विश्वमा शक्ति सम्पन्न देशको रुपमा रहेको छ । अमेरिकाको आर्थिक सहयोग पनि अधिकांश देशले उपभोग गर्दै आइरहेका छन्, राष्ट्रसंघको कार्यलय रहेका सबै देशमा अमेरिकी नियोग सहयोग संस्था युएसएड छैन भन्दा फरक नहोला । अमेरिकाको विरोधमा बोल्न नसक्ने मुख्य कारण पनि यही नै हो ।


दोस्रो विश्वयुद्ध पछि अस्वभाविक रुपमा उदाएको अमेरिकाले विश्वसमुदायमा गरेका निर्णय सर्वोपारी नै हुँदै आएको छ । यही नीतिलाई आधार बनाएर होला राष्ट्रपति ट्रम्पले इजरायलको राजधानी जेरुसलेममा सार्ने त्रुटीपूर्ण अमेरिकी प्रस्ताव अघि सारे । राष्ट्रपति ट्रम्पको यस निर्णयको पनि विश्वव्यापी रुपमा विरोध भयो । राष्ट्रसंघीय सुरक्षा परिषद्मा कसैले साथ दिएनन् र राष्ट्रसंघको महासभाबाट प्रस्ताव बिफल भयो । अमेरिकाको पक्षमा जम्मा ९ देश रहे ताकि जापान, चीन, बेलायत, साउदी अरेबिया लगायत अमेरिकाको बिपक्षमा रहे । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै पुर्व राष्ट्रपति ओबामाले गरेका ट्रान्स प्यासिफिक व्यापार सम्झौता खारेज गरेका ट्रम्पले १२ दिने एसिया भ्रमण गरी सम्बन्ध सुधारको प्रयासलाई राम्रै मान्नुपर्छ ।


राष्ट्रपति ट्रम्पबारे अर्को विश्वव्यापी आलोचनाको विषय हो , पेरिस सम्झौताबाट बाहिरिनु । जलवायु परिवर्तन सम्बन्धमा विश्वव्यापी रुपमा हालसम्मकै महत्वपुर्ण रहेको पेरिस सम्झौता सम्पुर्ण विश्व एक रहेका बेला अमेरिका मात्र बाहिरिएको छ । राष्ट्रपति ट्रम्पले पेरिस सम्झौताबाट अमेरिकालाई घाटा हुने र चीन तथा भारत लगायतका देशलाई नाफा हुने भन्दै विरोध अमेरिका यसबाट बाहिरिएको निर्णय गरेका हुन् । ट्रम्पको यस निर्णयबाट विश्व नै अचम्मित बन्यो । सन् २०१५ मा पेरिसमा विश्वको तापमान बढ्दै गएको भन्दै २ डिग्री सेल्सियस भन्दा कम हुन नदिनको लागी कार्बन उत्सर्जन कम गर्ने सम्झौता भएको थियो, जसलाई ट्रम्पले हावादारी भएको उल्लेख गरे ।


त्यसो त मेक अमेरिका ग्रेटको नारा लिएर राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पका सबै नराम्रा पक्षमात्र छन् भन्न पनि सकिँदैन । बिबिसीमा एक लेख प्रकाशित गरेका रोन क्रिस्टेले अमेरिकी अर्थतन्त्रमा ट्रम्पले गरेका कामको निकै नै प्रशंसा गरेका छन् । अमेरिकामा बरोजगारीको दर १७ वर्षमा सबैभन्दा न्युन भएको छ । १ वर्षको बीचमा २१ लख नयां रोजगारी र्सिजना गरेर अमेरिकी अर्थतन्त्रमा बेरोजगारीको दर ४ दशमलव १ प्रतिशतमा झरेको छ ।


राष्ट्रपति ट्रम्पको एक वर्षको कार्यकाललाई अनुगमन गर्ने हो भने उनलाई विरोधाभाष, विवास्दापद लगायत पछिल्लो समय त मानसिक असन्तुलन भएको सम्मको नकारात्मक टिप्पणीहरु खन्याइएको छ । एक वर्षको कार्यकालमा नै बिबादित बनेका राष्ट्रपति ट्रम्पको आगामी ३ वर्षका निर्णय कस्ता हुन्छन् भन्ने चासो र जिज्ञासा पनि सर्वत्र छ ।

प्रकाशित : माघ ६, २०७४ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?