कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उत्तर कोरियाली टोली सोल पुग्यो

बीबीसी

सोल — उत्तर कोरियाली सरकारी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल दक्षिण कोरियाको राजधानी सोल पुगेको छ । उक्त टोलीको नेतृत्व उत्तर कोरियाको प्रसिद्ध सांगीतिक समूह (मोराङबोङ ब्यान्ड) का प्रमुख ह्युन सोङ–वोलले गरेकी छन् । 

मोराङबोङ उत्तर कोरियाली सरकारको मातहतमा स्थापना र सञ्चालित छ । ब्यान्डमा दस सदस्य छन् । उनीहरू दुई दिने भ्रमणका क्रममा आइतबार सोल पुगेका हुन् । उनीहरूलाई प्रहरीको कडा सुरक्षाबीच पूर्वी सहर ग्याङ्नेउङबाट राजधानी सोल पुर्‍याइएको हो । आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिक प्रतियोगितामा उत्तरको सहभागिता सुनिश्चित भएपछि खेलमा सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न उक्त टोली सोल पुगेको हो । उक्त टोली दक्षिण कोरिया प्रवेश गर्ने चार वर्षयताकै उच्चस्तरीय भएको बताइएको छ ।


प्रतिनिधिमण्डलले खेलकुदको तयारीका साथै उत्तर कोरियाले गर्ने सांस्कृतिक कार्यक्रमको तयारीका बारेमा पनि निरीक्षण तथा आवश्यक गृहकार्यका लागि निर्देशन दिने बताइएको छ । फेब्रुअरीमा हुन लागेको सो खेलकुदमा उत्तर कोरियाका तर्फबाट सांगीतिक प्रस्तुति पनि उनीहरूले नै दिने तय भएको छ । सो प्रस्तुतिको तयारीको निरीक्षण गर्न उनीहरूले दुई दिनसम्म दक्षिण कोरियाको भ्रमण गर्न लागेका हुन् । प्रस्तुतिका लागि उनीहरूले लामो समयदेखि तयारी गरिरहेको जनाइएको छ । आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिकमा उत्तर कोरियाले आफ्नो तर्फबाट समावेश हुने खेलाडी, सरकारी अधिकारी र समर्थक पठाउनेबारे यसअघि नै जानकारी दिइसकेको छ । खेलाडीको नामावली र खेल्ने खेलबारे ओलम्पिक कमिटीले अनुमोदन गरिसकेको छ । दुई कोरियाबीच गत साता भएको वार्तामा उनीहरू ओलम्पिकमा संयुक्त झन्डामुनि मार्च गर्न सहमत भइसकेका छन् ।

प्रकाशित : माघ ८, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?