१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

टर्किस फौज सिरिया प्रवेश 

बीबीसी

अजाज — टर्कीले सिरियाली सीमाक्षेत्रबाट कुर्दिस लडाकुलाई लखेट्न सरकारी सुरक्षाफौज उत्तरी सिरिया प्रवेश गरेको जनाएका छन् । प्रधानमन्त्री बिनाली इल्दिरिमले सीमा वरपरको कम्तीमा ३० किलोमिटरको क्षेत्रलाई ‘सुरक्षित क्षेत्र’ बनाउने उद्देश्यका साथ सुरक्षा फौज परिचाल गरिएको बताए । 

यसअघि टर्कीले सिरियाको उत्तरी क्षेत्रमा कुर्दिस लडाकुमाथि हवाई हमला गरेको थियो । उक्त कदमले टर्की र अमेरिकाबीच तनाव बढाउन सक्ने बताइएको छ । टर्की आफ्नो दक्षिणी सीमासँग जोडिएको आफ्रिन क्षेत्रबाट कुर्दिस वाईपीजी लडाकुलाई कुनै हालतमा धपाउने बताउँदै आएको छ ।


उसले वाईपीजीलाई ‘आतंकवादी’ को संज्ञा दिँदै आएको छ । तर अमेरिकाले भने वाईपीजीलाई समर्थन जनाउने गरेको छ । टर्कीको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ९ जना वाईपीजी सदस्य मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।


यसैबीच, सिरियामा स्थायित्व र शान्ति स्थापना गर्ने विषयमा रुसी विदेशमन्त्री सेर्गेई ल्याभरोभ र उनका अमेरिकी समकक्षी रेक्स टिलरसनबीच टेलिफोन वार्ता भएको छ । उनीहरूबीच सिरियामा जारी ५ वर्ष लामो युद्ध अन्त्य गर्नेबारे छलफल भएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित : माघ ८, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?