कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दिल्लीमा ८ महिने शिशुलाई बलात्कार, स्वास्थ्य अवस्था गम्भीर 

एजेन्सी

दिल्ली — भारतको राजधानी दिल्लीस्थित शकुर बस्तीमा एक ८ महिने शिशुलाई नातामा दाइ पर्ने एक २८ वर्षे युवकले बलात्कार गरेको घटना सार्वजनिक भएसँगै दिल्लीका स्थानीय पुन: आक्रोशित भएका छन् ।

दिल्लीमा ८ महिने शिशुलाई बलात्कार, स्वास्थ्य अवस्था गम्भीर 

आइतबार भएको उक्त घटनापश्चात् शिशुलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ । उनको अवस्था निकै गम्भीर रहेको प्रहरीले बताएको छ । घटनाका आरोपी युवकलाई प्रहरीले सोमबार नै पक्राउ गरिसकेको छ ।


बच्चीलाई छोरीको साथमा छोडेर काममा गएका आमाबुवा फर्कंदा छोरीलाई रक्ताम्य अवस्थामा देखेपछि अस्पताल लगेका थिए । अस्पतालले बलात्कार भएको यकिन भएपछि प्रहरीलाई खबर गरेको थियो । युवकले बच्चीसँग खेल्ने भन्दै उनीहरु बस्दै आइरहेको भवनको सुनसान कुनामा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । आरोपीले अपराध स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ ।

भारतकाे राष्ट्रिय अपराध तथ्यांक विभागको तथ्यांक अनुसार २०१६ मा बालबालिकालाई गरिने बलात्कारको घटनामा ८२ प्रतिशतले बढोत्तरी भएको छ । २०१५ मा १०,८५४ केस रिपोर्ट भएकोमा २०१६ साे संख्या बढेर १९,७६५ पुगेकाे छ ।

प्रकाशित : माघ १६, २०७४ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?