कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ट्रम्पका वकिलले तिरे पोर्नस्टारलाई रकम

सीएनएन

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल माइकल डी कोहेनले पूर्व पोर्नस्टार स्टिफान क्लिफार्डलाई १ लाख ३० हजार डलर तिर्न आफ्नै रकम प्रयोग गरेको दाबी गरेका छन् । 

ट्रम्पका वकिलले तिरे पोर्नस्टारलाई रकम

सन् २००६ मा भएको ट्रम्पसँगको सम्बन्ध सार्वजनिक नगर्नका लागि २०१६ को राष्ट्रपतीय चुनावअघि स्टिफानलाई रकम दिइएको समाचार गत जनवरीमा वालस्ट्रिट जर्नलले सार्वजनिक गरेको थियो । स्टिफानलाई रकम दिन कोहेनले निजी ‘एलएलसी कम्पनी’ खोलेका थिए । ‘स्टिफानलाई १ लाख ३० हजार डलर तिर्न मैले आफ्नै व्यक्तिगत रकम प्रयोग गरेको हुँ,’ कोहेनले मंगलबार जारी विज्ञप्तिमा भनेका छन् । उनले यसमा ट्रम्पको कम्पनी अथवा उनको चुनावी अभियानको कुनै संलग्नता नरहेको बताएका छन् ।

प्रकाशित : फाल्गुन ३, २०७४ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?