१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘रासायनिक हतियार प्रयोग गरे आक्रमण’

एएफपी

संयुक्त राष्ट्रसंघ — फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले सिरियाली सेनाले आफ्ना नागरिकमाथि प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरेको पाइए सिरियामाथि नै हमला गर्ने चेतावनी दिएका छन् । 

सिरियाली सेनाले विपक्षीलाई दबाउने नाममा यस्ता हतियार प्रयोग गर्दै आएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला म्याक्रोँको यस्तो प्रतिक्रिया आएको हो ।

‘यदि कुनै पनि फ्रान्सेली नागरिकमाथि यस्तो हमलाको प्रमाण फेला पर्‍यो भने हामी बाँकी राख्दैनौं, यस्तो खालका आक्रमणको तयारी गर्ने स्थानमा नै हामीले हमला गर्नेछौं,’ उनले भने ।

प्रतिबन्धित रासायनिक हतियारको प्रयोग गरिएको भन्ने समाचार पुष्टि गर्न फ्रान्सेली गुप्तचर निकायले अनुसन्धान गरिरहेको जनाइएको छ । तर यस्तो अनुसन्धानको परिणाम भने आइसकेको छैन ।

सिरियाली सेनाले गत जनवरीयता मानव स्वास्थ्यका लागि घातक मानिने क्लोरिन ग्यासयुक्त आक्रमण गर्ने गरेको तथ्य सार्वजनिक भइरहेका छन् । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको हामा प्रान्तको एक सहरमा यसै महिनाको सुरूमा रसायन भएको एउटा बम खसालिएको थियो । त्यही कारण स्थानीय बासिन्दामा श्वासप्रश्वासको समस्या देखिएको छ ।

प्रकाशित : फाल्गुन ३, २०७४ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?