भ्यालेन्टाइन डे मनाइरहेको समारोहमा गोलीहानी सातको हत्या

–रासस/सिन्हवा

काठमाडौँ — मेक्सीको सिटी । मेक्सीकोको दक्षिणी सहरमा भ्यालेन्टाइन डेको अवसरमा आयोजित समारोहमा एकजना बन्दुकधारीले गोली चलाउदा सात जनाको मृत्यु भएको छ ।

भ्यालेन्टाइन डे मनाइरहेको समारोहमा गोलीहानी सातको हत्या

स्थानीय समयानुसार बिहीबार अपरान्ह् साढे एक बजेतिर सो हत्याकाण्ड भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका समाचारमा जनाइएको छ ।


दक्षिणी ओक्साका राज्यमा स्थानीय नगरप्रमुख राफैल मेल्चोर रुइजको पारिवारिक सदस्यहरुसहित सान जुआन लाचिगाल्ला समुदायले भ्यालेन्टाइन डे मनाइरहेका बेला घटना भएको डेली एक्सेल्सीओरले लेखेको छ ।


नगर प्रमुखका बुवा, छोरा र अन्य नातेदारहरु पनि मारिनेमा परेका पनि उक्त पत्रिकाले समाचारमा उल्लेख गरेको छ ।


त्यो रमाइलो कार्यक्रम सहरको मुख्य ठाउँमा गरिएको थियो । त्यस ‘डान्स पाटी’ मा के कसरी गोली चल्यो भन्ने बारेमा भने केही बताइएको छैन ।


परम्परागत रुपमा खेतीपातीमा संलग्न हुँदै आएका सान जुआन लाचिगाल्ला समुदाय प्रादेशिक राजधानी ओक्साका देखि ९० किलोमिटर पर बसोबास गर्दै आएको छ ।


उक्त क्षेत्रमा उनीहरुको करिब तीन हजार तीन सयको संख्यामा घर परिवार रहेको बताइएको छ ।

प्रकाशित : फाल्गुन ४, २०७४ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?