कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बलात्कारीलाई फाँसी

एजेन्सी

लाहोर — पाकिस्तानी प्रतिआतंकवाद अदालतले ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेकोमा दोषी ठहर गर्दै २४ वर्षीया युवकलाई शुक्रबार फाँसीको सजाय सुनाएको छ ।

बलात्कारीलाई फाँसी

इमरान अलीलाई अपहरण, बलात्कार, अप्राकृतिक यौनसम्पर्क र हत्याको अभियोगमा दोषी ठहर गर्दै ४ पटक फाँसीको सजाय दिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । इमरान अलीले गत महिना पाकिस्तानको लाहोरबाट जैनब अन्सारीको अपहरण, बलात्कार र लगत्तै हत्या गरेका थिए । घटनासँगै पाकिस्तानका प्रमुख सहरहरूमा व्यापक विरोध प्रदर्शन भएका थिए । त्यस क्रममा दुई प्रदर्शनकारीको मृत्युसमेत भएको थियो ।


मुद्दाको फैसलाका समयमा जैनबका बाबु पनि अदालत परिसरमा उपस्थित थिए । पाकिस्तानी टेलिभिजन जियोले आमिनले आफ्नी छोरीको हत्यारालाई सजाय सुनाएलगत्तै राहत महसुस गरेको जनाएको छ । मुद्दाको सुनुवाइका क्रममा जैनबका काका र भाइसमेत जम्मा ५६ प्रत्यक्षदर्शीसँग बयान लिइएको थियो । अभियोजनकर्ताले डीएनए, फरेन्सिक ल्याब र पोलिग्राफ परीक्षणमा इमरानले जैनबको हत्या गरेको देखिएको अदालतमा पेस गरिएका विवरणमा उल्लेख छ ।


अनुसन्धानका क्रममा प्रहरीसँग इमरानले जैनबलाई निर्माणाधीन भवनमा लगि बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । त्यसलगत्तै उनका वकिलले मुद्दाबाट हात झिकेका थिए । गत जनबरी ४ मा काकीको घरबाट फर्कंदै गरेकी जैनब अपहरणमा परेकी थिइन् । त्यसको ५ दिनपछि उनको शव भेटिएको थियो ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?