कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘साझा सुरक्षा सुनिश्चित गरौँ’ 

बीबीसी

म्युनिख — बेलायती प्रधानमन्त्री टेरेजा मेले ‘राजनीतिक सिद्धान्त र विचारधारा’ का आधारमा ब्रेक्जिटपछिको शान्तिसुरक्षाका व्यवस्था प्रभावित भए सर्वसाधारण पीडित हुने भन्दै युरोपेली नेतालाई चेतावनी दिएकी छन् । 

‘साझा सुरक्षा सुनिश्चित गरौँ’ 

मेले युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) पछि साझा सुरक्षा सुनिश्चित गर्नुपर्ने बताइन् । त्यसका लागि आफू सुरक्षा क्षेत्रका अभूतपूर्व साझेदारी गर्नका लागि तयार रहेकोमेको भनाइ छ । जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै मेले यसका लागि ‘वास्तविक राजनीतिक इच्छाशक्ति’ आवश्यक भएको बताइन् ।


मेले भनिन्, ‘हामीले हाम्रो साझा सुरक्षा सुनिश्चित गर्न व्यावहारिक र प्रयोगात्मक व्यवस्था लागू गर्नुपर्छ ।’ उनले बेलायत र युरोपेली संघका दुश्मनहरूले दुईबीच विभाजन हेर्न चाहेको बताइन् । मेले आगामी दिनमा बेलायत र युरोपेली संघबीच प्रतिबन्ध, कारबाही, प्रतिरक्षा, साइबर आक्रमणबारे संयुक्त कार्ययोजना तयार गर्नुपर्नेमा जोड दिइन् ।


युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड यान्करले युरोपेली संघ र बेलायतबीच सुरक्षाका विषयमा केही सहमति हुने भए पनि ‘समग्र विषयमा समग्र सम्झौता नहुने’ बताए । बेलायत र युरोपेली संघबीच ब्रेक्जिटपछिका नयाँ सुरक्षा व्यवस्थाबारे हालसम्म कुनै सहमति भइसकेको छैन ।


यसअघि मेले शुक्रबार जर्मन चान्सलर एन्जेला मर्केलसँग भेटवार्ता गरेकी थिइन् । भेटमा मर्केलले सुरक्षालगायतका भविष्यका सम्बन्धबारे दुवै पक्ष इमानदार हुनुपर्नेमा जोड दिइन् । उनले युरोपेली संघ र बेलायतबीच ‘सम्भव भएसम्मको निकट सम्बन्ध रहनुपर्ने’ बताइन् ।


यसअघि शुक्रबार जर्मनी प्रस्थान गर्नुअघि मेले ब्रेक्जिटका विषयमा आवश्यक थप प्रगतिका लागि मर्केलसँगको भेट महत्त्वपूर्ण हुने बताएकी थिइन् । सन् २०१९ देखि युरोपेली संघबाट बाहिरिने निर्णय गरेको बेलायतलाई पछिल्ला दिनमा युरोपेली संघसँग भविष्यमा हुने सम्बन्धबारे प्रस्ट पार्न दबाब बढ्दो छ । मेले शनिबार म्युनिखमा आयोजना हुने वार्षिक सुरक्षा सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

सुरक्षा सम्मेलनमा विश्व समुदायमा नेता, विदेशमन्त्री र रक्षासम्बद्ध प्रतिनिधिहरूको उपस्थिति रहनेछ । सम्मेलनमा सिरियाली द्वन्द्वका कारण तनावपूर्ण अवस्थामा रहेको टर्की र अमेरिकी कूटनीतिबारे चासो व्यक्त हुने रोयटर्सले जनाएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?