२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

इरानमा यात्रुवाहक विमान दुर्घटना

कान्तिपुर संवाददाता

काठमाडौँ — इरानको राजधानी तेहेरानबाट यासुजका लागि उडेको एक यात्रुवाहक विमान इस्फान प्रान्तको सेमीरोममा दुर्घटनाग्रस्त भएको छ ।

इरानमा यात्रुवाहक विमान दुर्घटना

बीबीसीका अनुसार विमानमा ६० यात्रु दुई सुरक्षाकर्मी र चारजना चालकदलका सदस्य रहेको बताइएकाे छ ।दुर्घटनास्थल हिमाली क्षेत्रमा रहेकाले सोही अनुसार आपतकालिन उद्धारका लागि उद्धारकर्मी परिचालन गरिएको बताइएको छ ।

अासिमान एयरलाइन्सको एटीआर-७२-५०० विमान खराब मौसमका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । खराब मौसमकै कारण उद्धार गर्न गएको हेलिकप्टर अवतरण गर्न नसकेर फर्किएको बीबीसीले उल्लेख गरेको छ ।


प्रकाशित : फाल्गुन ६, २०७४ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?