कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘इरान विश्वकै खतरा’ 

बीबीसी

म्युनिख — इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको कडा शब्दमा आलोचना गर्दै ‘विश्वकै लागि सबैभन्दा ठूलो खतरा’ भएको बताएका छन् । 

‘इरान विश्वकै खतरा’ 

जर्मनीमा भइरहेको म्युनिख विश्व सुरक्षा सम्मेलनमा बोल्दै नेतन्याहुले इरानलाई कुनै पनि हालतमा आफ्नो देशमाथि आतंकवादको पासो लगाउन नदिने’ बताए ।


नेतन्याहुले सन् २०१५ को इरानी परमाणु सम्झौता जर्मनीको नाजी शासकलाई मनाउन सन् १९३८ मा गरिएको म्युनिख सम्झौता जस्तै भएको बताए । उनले उक्त परमाणु सम्झौताले ‘खतरनाक इरानी बाघलाई फुकुवा गरेको’ दाबी गरे ।


‘हामी बिना कुनै संकोच आफ्नो प्रतिरक्षाका लागि आवश्यक कदम चाल्नेछौं ।’ उनले भने, ‘त्यसका लागि हामीमाथि आक्रमण गर्ने इरानका प्रतिनिधिमात्रै होइन इरानमाथि नै आक्रममण गर्न हामी पछि हटैनौं ।’


सम्मेलनमा बोल्दै नेतन्याहुले इजरायली क्षेत्रभित्र अनधिकृत रूपमा ‘ड्रोन’ उडाएको बताए । गत साता इजरायलले इरानी ‘ड्रोन’ गोली हानी खसालेको दाबी गरेको थियो । इरानले भने इजरायलको दाबीमा कुनै सत्यता नभएको बताउँदै आएको छ ।


बीबीसीका अनुसार पछिल्लो समय गत साता इजरायलले सिरियास्थित इरानी सैन्य क्याम्पमा आक्रमण गरेपछि दुईदेशबीच तनाव बढेको हो ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?