कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चिनियाँ म्यानडारिनलाई पाकिस्तानको राष्ट्रिय भाषाको रुपमा मान्यता

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनको म्यानडारिन भाषालाई पाकिस्तानले आफ्नो प्रमुख राष्ट्रिय भाषा सरहको मान्यता दिएको छ । चीन–पाकिस्तान औद्योगिक करिडोरमा चीन र पाकिस्तान दुवै मुलुकबीच सम्झौता भएपछि चिनियाँ भाषाको आवश्यकता बोध गर्दै पाकिस्तानी संसदले म्यानडारिन भाषालाई मान्यता दिएको हो ।

चिनियाँ म्यानडारिनलाई पाकिस्तानको राष्ट्रिय भाषाको रुपमा मान्यता

यो कदम चीनको औद्योगिक तथा व्यपारिक बैंकले पाकिस्तानलाई ५० करोड डलर ऋण उपलब्ध गराएको तीनदिन पछि चालिएको हो ।

भारतीय समाचार संस्था जीन्यूजका अनुसार अधिकारीहरुले चीनसँगको बढ्दो घनिष्टताका कारण पनि भाषाले मान्यता पाएको बताएका छन् । जसका कारण औद्योगिक करिडोरमा काम गर्ने मानिसहरुका लागि सहज हुने अनुमान गरिएको छ ।

पाकिस्तानको उक्त कदमप्रति अमेरिकाका लागि पाकिस्तानी राजदूत हुसेन हक्वानीले टिप्पणी गर्दै पाकिस्तानले पछिल्लो ७० वर्षमा आफ्नो मातृ भाषालाई पाखा लगाउँदै विदेशी भाषाहरुलाई मान्यता दिएको आरोप लगाएका छन् । हक्वानीले आफ्नो ट्विटरमा लेखेका छन्–‘पाकिस्तानले अंग्रेजी, उर्दु, अरबिक र चाइनिज् भाषालाई मान्याता दिएपनि मुलुकका अधिकांश मानिसहरुको मातृ भाषा यी होइनन् ।’

पाकिस्तानको पञ्जाव राज्यमा पञ्जावी भाषा धेरै बोलिएपनि उक्त भाषालाई सरकारले राष्ट्रिय भाषाको रुपमा हालसम्म मान्यता दिएको छैन । ड्वन न्यूजका अनुसार पाकिस्तानीहरु चिनियाँ भाषा सिक्न औधी रुची राख्ने गरेको उल्लेख गर्दै म्यानडारिन भाषा जान्नेलाई पाकिस्तान र चीनमा रोजगारको प्रचुर सम्भावनाहरु हुने जनाइएको छ ।

पछिल्लो तीन महिनामा पाकिस्तानले चीनबाट लिएको ऋण साहयता अमेरिकाको भन्दा १० अर्ब डलर बढेर गएको छ । चीनको यो कदमबारे अमेरिकीहरु जासूसी संस्थाहरुले राष्ट्रपति ट्रम्पलाई पाकिस्तानमा अमेरिकी प्रभाव गुम्ने खतराको जनाउ दिएका छन् । सन् २०१९ भित्र पाकिस्तानमा अमेरिकाको प्रभावबाट पूर्णरुपमा मुक्त हुने र चिनियाँ प्रभाव बढ्ने अमेरिकाकका १७ वटा जासुसी संस्थाहरुले अमेरिकी कंग्रेसलाई सचेत गराएको पाकिस्तानको एक दैनिक पत्रिकामा उल्लेख छ ।

उक्त पत्रिकाको दावी अनुसार पाकिस्तानमा अमेरिकी प्रभाव कम भएपछि दक्षिण एसियमा वासिङ्टनको रणनीतिक कदमहरु कमजोर हुँदै जाने बताइएको छ ।

अमेरिकीकाका तीन जासूसी संस्थाहरुले पाकिस्तानले आफ्नो आणविक कार्यक्रमहरुलाई निरन्तरता दिने, सैन्य शक्ति राष्ट्रहरुसँग सहकार्य गर्दै चीनसँग नजिकने उल्लेख गरेका छन् ।

ट्रम्पलाई सचेत गराउने ती जासूसी संस्थाहरुमा सिआइए, डिआइए, एफबिआइ, एनएसएलगायतका रहेको पाकिस्तानको दैनिक पत्रिका ड्वन न्यूजले लेखेको छ ।

प्रकाशित : फाल्गुन ८, २०७४ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?