२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बेलायतमा मासु अभावमा ६४६ केएफसी बन्द

एजेन्सीहरु

काठमाडौँ — बेलायतमा कुखुराको मासु अभावमा केएफसी रेस्टुरेन्ट र यसका सयौं आउटलेट बन्द भएका छन् । त्यहाँ कम्पनीका ९ सयजति आउलेट्सहरू रहेकामा मंगलबार बिहान ११:२५ सम्म ६ सय ४६ वटा बन्द रहेको केएफसीको वेबसाइटमा उल्लेख छ । सोमबार ९ बजे रातिसम्ममा ५ सय ७५ वटा आउटलेट बन्द थिए । 

बेलायतमा मासु अभावमा ६४६ केएफसी बन्द

गत साता फ्राइड चिकेन चेनले आपूर्ति बन्द गरेपछि आउटलेट मासु अभावमा सञ्चालन गर्न समस्या भएको जनाइएको छ । चेनले डीएचएलसँग मासु आपूर्ति गर्नका लागि गरिएको करारले केही समस्या भएको भन्दै आपूर्ति ठप्प पारेको हो । केएफसीका एकजना प्रवक्ताले भने, ‘हामीले मंगलबार धेरैवटा आउटलेट खोल्यौं, अगामी दिनहरूमा २४ सै घन्टा खोल्ने गरी काम भइरहेको छ ।’ ती प्रवक्ताका अनुसार तर केही दिन थप मासु आपूर्ति हुनुपर्छ । उनले भने, ‘तर, सबै आउटलेट सञ्चालनमा ल्याउन एक साताजति लाग्न सक्छ ।’ कम्पनीले मंगलबार सीमित अवधिका लागि मात्रै आउटलेट्सहरू खोलिएको जनाएको छ । उक्त अवधिमा ग्राहकले आफूले चाहेको मेनु भने पाउन सकेनन् ।


प्रकाशित : फाल्गुन ८, २०७४ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?