१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विद्यालयमा हुने गोलीबारी रोक्न शिक्षकलाई हतियार दिईनुपर्छ : ट्रम्प

बीबीसी

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्यालयका शिक्षकहरुलाई हतियारसहित विद्यालयमा प्रवेश गर्न दिईनुपर्नेमा जोड दिएका छन् । 

विद्यालयमा हुने गोलीबारी रोक्न शिक्षकलाई हतियार दिईनुपर्छ : ट्रम्प

गत साता फेबू्रअरी १४ तारिखका दिन अमेरिकाको फ्लोरिडा राज्यको पार्कल्याण्डस्थित मार्जोरी स्टोनम्यान डगलस हाई स्कुलमा भएको गोलीबारीका कारण १७ जनाको ज्यान गएको थियो । सो घटनामा परी मृत्यु भएका विद्यार्थीका अभिभावक, शिक्षक तथा विद्यार्थीहरुसँग बुधबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले शिक्षकहरुलाई हतियार दिइनुपर्ने तर्क राखेका थिए ।

राष्ट्रपति ट्रम्पले हतियार भएका विद्यालयका कर्मचारीले ‘गोलीबारीलाई चाँडै अन्त्य’ गर्न सक्ने तर्क गरे ।

उनले अमेरिकामा बन्दुक खरिद गर्ने चाहनेहरुको विगत तथा मानसिक अवस्था छानबिन गरेर मात्र विक्री गर्नुपर्ने बताए ।

ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा विद्यालयका कक्षाकोठाहरुमा बन्दुक ल्याउन हुँदैन भन्दै सोको विरोध गरेका थिए ।

ट्रम्पले फ्लोरिडामा भएको विद्यालय आक्रमणका कारण अमेरिकमा ‘वम्प स्टक’ खरिदविक्रीमा प्रतिबन्ध लगाइसकेका छन् ।


प्रकाशित : फाल्गुन १०, २०७४ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?