कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

प्रेमको परिणाम : अष्ट्रेलियाका उपप्रधानमन्त्रीद्वारा राजीनामा

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियाका उपप्रधानमन्त्री बार्नबी जोयसले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले नेशनल पार्टीको नेताबाट समेत राजीनामा दिएका छन् । 

प्रेमको परिणाम : अष्ट्रेलियाका उपप्रधानमन्त्रीद्वारा राजीनामा

जोयस आफ्नै पार्टी कार्यालयमा काम गर्ने पूर्व कर्मचारीसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेका

थिए । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यँही सोमबार हुने पार्टीको बैठकबाट आफुले पार्टी प्रमुखबाट राजीनामा दिने जानकारी दिएका हुन् । उपप्रधानमन्त्री जोयसको आफ्नै पार्टी कार्यलयमा काम गर्ने एक पुर्व महिलासँगको प्रेम सम्बन्ध करिब ३ साताअघि सार्वजनिक भएको थियो । ती पुर्व कर्मचारी जोयसको बच्चाको आमा बन्न लागेको सार्वजनिक भएपछि उनी आलोचित बनेका थिए । विपक्षी तथा आफ्नै दलका केही नेताहरुले समेत उनले राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।


जोयसले अहिले कार्यवाहक अध्यक्ष रहेका माथियस कोरम्यानलाई आफुले पदबाट राजीनामा दिने बिषयमा जानकारी दिइसकेको बताएका छन् । उनले पार्टी प्रमुख तथा उपप्रधानमन्त्रीबाट राजीनामा दिएपनि सांसदका रुपमा भने रहनेछन् । उनी केही महिनाअघि दोहोरो नागरिकता काण्डमा सांसद पद गुमाएर पुन सोही स्थानबाट निर्वाचित बनेका हुन् । उनी प्रमुख रहेको नेशनल पार्टी अहिले अष्ट्रेलियामा गठन भएको सरकारको मुख्य सत्ता साझेदार पार्टी हो ।


यसैगरी जोयसमाथि पश्चिम अष्ट्रेलियाकी एक महिलाले पनि यौन उत्पीडनको आरोप लगाएकी छन् । तर उपप्रधानमन्त्री जोयसले भने आरोप झुठो भएको र पुर्णरुपमा अनुसन्धान गरिनुपर्ने बताएका छन् ।


जोयसको राजीनामाप्रति विपक्षीहरुले राम्रो तर ढिलो भएको बताएका छन् । विपक्षी दलका नेता विल सर्टनले यँही विषयले सरकारसँगै समग्र देशलाई नै क्षति पुऱ्याएको प्रतिक्रिया दिएका छन् । ग्रिन पार्टीका नेता रिचार्ड डिनतालीले जोयसको राजीनामा ढिलो आएको प्रतिक्रिया दिएका छन् । उनले साताअघि नै राजीनामा दिइनुपर्ने बताए । उनले अब जोयसको समस्याभन्दा पनि आफ्नो देशको समस्याका बारेमा छलफल गर्नुपर्ने समेत बताए ।


प्रकाशित : फाल्गुन ११, २०७४ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?