कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अादिवासी युवा हत्या गरेकाे अभियाेगमा २ पक्राउ

बीबीसी

केरला — भारतको केरला राज्य स्थित पलक्कड जिल्लामा एक आदिवासी युवाको हत्या गरेको अभियागमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । हत्या गर्नुअघि सामाजिक सञ्जालमा सेल्फी खिचेर पोष्ट गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

अादिवासी युवा हत्या गरेकाे अभियाेगमा २ पक्राउ

प्रहरीले घटनामा संलग्न अन्यको खोजी कार्य जारी राखेको छ ।

मधु नाम गरेका ती व्यक्तिलाई गत बिहीबार स्थानीयले चोरीको आरोपमा बाँधेर मरणासन्न हुने गरी कुटपिट गरेका थिए । उपचारका लागि अस्पतालमा लैजाने क्रममा ती युवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


सामाजिक सञ्जालमा पोष्ट गरिएको उक्त सेल्फीको फोटो र भिडियो भारतभरी भाइरल भएको थियो ।


सो घटनालाई लिएर केरेलाका चर्चित कलाकार म्यामोटिले निन्दा गरेका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘मधुको मृत्युको हाम्रो शासन प्रणाली जिम्मेवार छ । एउटा नियम जसले मानिसलाई बाँधेर मार्ने फैसला गर्छ,एउटा व्यक्ति जसले अर्को व्यक्तिलाई मार्छ ऊ मानव हुन सक्दैन । अनि कसरी हामी हामीलाई नै आधुनिक र प्रगतिशिल घोषणा गर्छौँ । ’

राज्यका मुख्यमन्त्री पिनारयी भिजेयानले घटनामा संलग्न हुनेलाई कडा कारवाही हुने बताएका छन् ।


आदिवासी अभियन्ता धन्य रमनले बीबीसीलाई यस्तो अवस्थामा सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्नु झन् खराब भएको बताए ।


प्रकाशित : फाल्गुन १२, २०७४ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?