कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो पूर्ण बैठक सोमबारदेखि 

चेतनाथ आचार्य

बेइजिङ — चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १९औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सोमबारदेखि बेइजिङमा सुरु हुँदैछ । बैठकले १३ औँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको नेतृत्व तथा महत्वपूर्ण विधेयकहरुको तर्जुमा गर्नेछ ।

चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो पूर्ण बैठक सोमबारदेखि 

सीपीसीका पूर्ण बैठकहरु निकै महत्वपूर्ण मानिन्छन् । राष्ट्रिय नीति निर्धाण गर्न, नेतृत्व चयन गर्न, महत्वपूर्ण परिपाटी लागू गर्न तथा ठूला निर्णय गर्नका लागि पूर्ण बैठकको आयोजना हुने गर्दछ । ‘प्लेनरी सेसन’ भनिने पूर्ण बैठक सीपीसीको महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली अंग मानिन्छ । यसमा केन्द्रीय सदस्य, केन्द्रीय वैकल्पिक सदस्य, केन्द्रीय अनुशासन आयोगका सदस्यहरु र केन्द्रीय कार्य विभाग तथा संगठन विभागका पदाधिकारीहरु सहभागी हुन्छन् ।


उक्त बैठकले नेतृत्वदायी पदहरुमा नयाँ व्यक्तिहरुलाई समेत चयन गर्नेछ । सीपीसीले यसअघि नै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीमा सी चिनफिङ र ली खछ्याङलाई दोहोर्‍याउने निर्णय गरिसकेको छ । बैठकले १३ औँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको अध्यक्ष, उपाध्यक्ष चयन गर्नेछ भने चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १३ औँ राष्ट्रिय समितिको अध्यक्ष पनि तोक्नेछ । त्यसैगरी उपराष्ट्रपति र उपप्रधानमन्त्रीहरु पनि यही बैठकले निश्चित गर्नेछ । यी पदहरु औपचारिक रुपमा आगामी मार्च ५ तारिख सुरु हुने १३ औँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको पहिलो अधिवेशनले पारित गरेपछि लागू हुनेछन् ।


१९ औँ सीपीसीको शनिबार सम्पन्न केन्द्रीय पोलेटब्युरो बैठकले सोमबार सुरु हुने तेस्रो पूर्ण बैठकको मुख्य एजेण्डा संस्थागत पुनर्संरचना हुने जनाएको छ । सीपीसीको १९ औँ महाधिवेशनले संस्थागत पुनर्संरचना गर्ने नीति पारित गरेको थियो । जसअनुसार वर्तमान महासचिव सी चिनफिङ अझ शक्तिशाली बन्दै आएका छन् । सीपीसीका अधिकार र निर्णयहरु वर्तमान महासचिव सीमाथि केन्द्रित बनाउने अभ्यास सुरु भएको छ ।


शनिबार बेइजिङमा सम्पन्न १९ औँ सीपीसीको केन्द्रीय पोलिटब्युरो बैठकले गरेको निर्णयअनुसार तेस्रो पूर्ण बैठक बुधबारसम्म चल्नेछ । तेस्रो पूर्ण बैठकमा सीपीसीका २०३ केन्द्रीय सदस्य र १७२ वैकल्पिक सदस्यसँगै केन्द्रीय अनुशासन आयोगलगायत अन्य विभिन्न विभागका सदस्यहरु सहभागी हुनेछन् ।

प्रकाशित : फाल्गुन १३, २०७४ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?