कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भारतमा सवारी दुर्घटनामा २५ को मृत्यु

रासस/सिन्ह्वा

नयाँ दिल्ली — भारतको पश्चिमी राज्य गुजरातमा विवाहको भोजमा जान लागेका व्यक्तिहरु बोकेको एक ट्रक मङ्गलबार बिहान दुर्घटनाग्रस्त हुदा कम्तीमा २५ जनाको ज्यान गएको छ ।

भारतमा सवारी दुर्घटनामा २५ को मृत्यु

विवाह भोजमा सहभागी हुन लागेका व्यक्तिलाई लिएर गुडिरहेको ट्रक सडकबाट गहिरो खोँचमा खस्दा कम्तीमा पनि २५ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको हो ।


गुजरातको एक स्थानीय टेलिभिजन च्यानल न्युज–१८ ले उक्त जानकारी दिएको छ । गुजरात राज्यको भावनानगर क्षेत्रमा उक्त दुर्घटना भएको थियो ।


एकजना स्थानीय नागरिकको विवाहको भोजका लागि सहभागीहरु बोकेर सो ट्रक एक स्थानीय होटलतर्फ गइरहेको बताइएको छ ।


यस घटनामा परी अरु के कति व्यक्ति घाइते भएका छन् भन्ने बारेमा भने प्रष्ट गरिएको छैन । तर घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको जानकारी प्रहरीले दिएको छ ।


प्रहरीका वरिष्ठ अधिकारीहरु दुर्घटनास्थलमा पुगेका छन् र उनीहरुले तीब्र रुपमा उद्धारकार्य जारी राख्न भनेका छन् ।

प्रकाशित : फाल्गुन २२, २०७४ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?