आक्रमणमा परी ९ भारतीय सीआरबी जवानको मृत्यु

एजेन्सी

नयाँदिल्ली — भारतको छत्तिसगढ राज्यमा मंगलबार बिहान नक्सलवादीहरुको अक्रमणमा परी कम्तीमा ९ जना जना सीआरबी जवानको मृत्यु भएको छ ।

आक्रमणमा परी ९ भारतीय सीआरबी जवानको मृत्यु

मंगलबार मध्यान्न १२ बजे भएको उक्त आक्रमणमा १० जना सीआरबी जवान घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

छत्तिसगढको सुकमा जिल्लामा उक्त हमला भएको थियो ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले घटनाप्रति आफू दुखित भएको जनाउदै आक्रमणमा परी शहिद भएका सिआरबी जवानको परिवारमा समवेदना प्रकट गरेका छन् ।

सुकमा जिल्लामा मंगलबार विहान साढे ८ बजे नक्सवादी र सीआरबी जवनाहरुबीच दोहोरो भिडन्त भएको थियो ।

१२ बजे नक्सलवादीहरुले बिछ्याएको माइनमा परी जवानहरुको मृत्यु भएको थियो ।


प्रकाशित : फाल्गुन २९, २०७४ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?