कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

टर्कीमा आक्रमणको योजना बनाइरहेका ४७ व्यक्ति पक्राउ

सिन्हवा

आङ्कारा — टर्कीको दक्षिणी भागमा रहेको आदाना प्रान्तको विभिन्न इलाकामा आक्रमणको योजना बनाइरेहका कम्तीमा ४७ व्यक्ति पक्राउ परेका छन । 

टर्कीमा आक्रमणको योजना बनाइरहेका ४७ व्यक्ति पक्राउ

राज्यद्वारा सञ्चालित समाचार समिति आनादुलुले शुक्रबार दिएको जानकारीअनुसार ती व्यक्तिले विभिन्न स्थानमा हिंसात्मक आक्रमण गर्ने योजना बनाएको प्रहरीको भनाइ छ ।


आतंकबाद सम्बन्धि उजुरी हेर्न प्रहरीको एक समूहले आदाना प्रान्तको ७३ स्थानमा गरेको छुट्टाछुट्टे कारबाहीको क्रम ती सदिग्ध व्यक्ति पक्राउ परेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।


'कुर्दिस वर्कर पार्टी (पिकेके) को आह्वानमा ती आक्रमणका योजना भइरहेका थिए,' एकजना वरिष्ठ प्रहरी अधिकारीले प्रेसलाई जानकारी दिए ।


पक्राउ परेका ती व्यक्तिमा पाँच महिला र १० बालबालिकासमेत रहेका जनाइएको छ । आक्रमणका लागि उनीहरुले बालबालिका पनि प्रयोग गर्ने गरेको खुलासा भएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र २, २०७४ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?