कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

इरफानलाई न्युरा इन्डोक्राइन टयुमर

एजेन्सी

काठमाडौँ — अभिनेता इरफान खानको स्वास्थ अवस्थालाई लिएर पछिल्लो समय अनेक समाचार आइरहेका छन् । उनलाई ब्रेन क्यान्सर भएको भन्नेसम्मका खबर सामाजिक सञ्जालमा भाइरल भए ।

इरफानलाई न्युरा इन्डोक्राइन टयुमर

पत्नी सुतापा सिक्दरले केही दिनअघि मात्र रोगबारे अडलबाजी नगर्न र जथाभावी नलेख्न आग्रह गर्दै स्वास्थलाभको कामना गर्नेलाई धन्यवाद दिँदै वक्तव्य जारी गरेकी थिइन् ।


यी सब भइरहँदा इरफानले आफू अस्वस्थ रहेको स्विकारे पनि कुन समस्या भएको बताएका थिएनन् । ‘तपाईंहरू अनुमान नगर्नुहोस्,’ मार्च ५ मा उनले टीट गरेका थिए, ‘रोग निदान भएपछि हप्ता–दस दिनभित्र म आफैं साँचो कुरा बताउनेछु । त्यतिन्जेल मेरा लागि कामना गरिदिनुहोला ।’ इरफानले बोलेको पुर्‍याएका छन् ।


शुक्रबारको ट्वीटमा उनले आफूलाई न्युरो इन्डोक्राइन टयुमर (नेट्स) भएको खुलाएका छन् । न्युरो भन्नेबित्तिकै टाउकोसम्बन्धी ठानेर आफूलाई ब्रेन क्यान्सर भएको खबर छाप्नु गलत भएको इरफानको भनाइ छ । ‘पछिल्ला दिन मेरा लागि अत्यन्तै कष्टकर रहे,’ उनको ट्वीटलाई उद्धृ्रत गर्दै भारतको डीएनए अनलाइन लेख्छ, ‘तर, मभित्रको साहस अनि मेरा वरिपरि भएकाहरूको मायाले आशा जगाएको छ ।’


उनले आफूलाई लागेको रोगबारे थप बुझ्न खोजिरहेको बताएका छन् । डीएनएका अनुसार न्युरो इन्डोक्राइन टयुमर भनेको इन्डोक्राइन (हर्मन) र नर्भस सिस्टमका कोषिकाहरू टयुमरमा परिणत हुने अवस्था हो । ४० देखि ६० उमेरका मान्छेलाई यो समस्या ज्यादा हुने गरेको छ । थेरापी वा सर्जरीमार्फत उपचार गरिन्छ । यसका लागि इरफान विदेश जाने तयारीमा छन् । ‘मेरा लागि बेस्ट विसेस पठाइदिनुहोला,’ उनले भनेका छन्, ‘यतिन्जेल मेरा शब्द पर्खेर बस्नेलाई थप कथा सुनाउने आशा राखेको छु ।’ ५१ वर्षे अभिनेताको फिल्म ‘ब्ल्याकमेल’ अप्रिल ६ मा प्रदर्शन हुँदै छ ।

प्रकाशित : चैत्र ४, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?