कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

श्रीलंकामा हट्यो स‌ंकटकाल

बीबीसी

काठमाडौँ — मुसलमान समुदायविरुद्ध हिंसात्मक गतिविधि बढेपछि श्रीलंकमा लगाइएको संकटकाल त्यहाँको सरकारले हटाएको छ । 

श्रीलंकामा हट्यो स‌ंकटकाल

श्रीलंकाको क्याण्डी सहरमा मुसलमान समुदायले सञ्चालन गरेका व्यापार, मस्जिद तथा उनीहरुमाथि आक्रमण बढेपछि सरकारले हिंसा भड्कन सक्ने भन्दै देशमा संकटकाल लगाएको थियो । हिंसाका कारण धेरैले ज्यान गुमाएका थिए ।


कट्टरपन्थी बौद्धधर्मावलम्बीहरुको कारण श्रीलंकामा हिंसा बढेको आरोप छ । उनीहरुले मुसलमान समुदायले धर्म परिवर्तन गर्न लगाउँदै प्राचीन बौद्धस्थलहरु तोडफोड गरेको आरोप लगाएपछि हिंसा भड्किएको थियो । श्रीलंकामा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता छ ।


श्रीलंकाका राष्ट्रपति सिरिसेनाले सार्वजनिक सुरक्षाको अवस्था मूल्याङ्कन गरेर संकटकाल हटाउने निर्णय गरेको जानकारी ट्विटरमा उल्लेख गरेका थिए ।


प्रकाशित : चैत्र ४, २०७४ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?