२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

आत्मघाती आक्रमणमा २९ को मृत्यु

बीबीसी

काबुल — अफगानिस्तानको राजधानी काबुलमा बुधबार गरिएको एक शंकास्पद आत्मघाती बम आक्रमणमा कम्तीमा २९ जनाको मृत्यु भएको छ । आक्रमणमा परी ५२ जना घाइते भएका अधिकारीले बताएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले जनाएका छन् ।

आत्मघाती आक्रमणमा २९ को मृत्यु

प्रारम्भिक विवरणअनुसार एक संदिग्ध आक्रमणकारीले नयाँ वर्षको उत्सव मनाउन भेला भएका सयौं मानिसको भीडलाई लक्षित गरी आत्मघाती आक्रमण गरेको हो । उत्सवका अधिकांश सहभागी अल्पसंख्यक सिया समुदायका मानिस भएको प्रहरीले जनाएको छ । आक्रमणको इस्लामिक स्टेट (आईएस) ले जिम्मेवारी लिएको छ । अफगानिस्तामा हालैका महिनामा सिया समुदायमाथि आक्रमणका घटना बढेका छन् । त्यस्ता आक्रमणमध्ये अधिकांशको आईएसले जिम्मा लिने गरेको छ ।

आन्तरिक मामिला मन्त्रालयका प्रवक्ताका अनुसार एक धार्मिक स्थलमा पैदलै प्रवेश गर्न लागेको आक्रमणकारीलाई प्रहरीले पहिचान गरेलगत्तै उसले आत्मघाती विस्फोटन गराएको थियो । सहरकै ठूलोमध्येको एक धार्मिक स्थल सखीमा हरेका नयाँ वर्षमा प्रार्थना गर्ने मानिसको भीड लाग्ने गर्छ । घटनास्थल राजधानी काबुलको पश्चिममा रहेको काबुल विश्वविद्यालयनजिकै रहेको अलि अबद अस्पताल अगाडि गराइएको हो । एक प्रत्यक्षदर्शीका अनुसार आक्रमणमा मृत्यु हुनेमध्ये अधिकांश नाचगान गर्दै नयाँ वर्ष मनाइहेका युवा छन् ।

उक्त धार्मिक स्थलमा यसअघि पनि पटक–पटक आक्रमण हुने गरेको थियो । सन् २०१६ मा गरिएको आक्रमणमा १४ जनाको ज्यान गएको थियो । त्यसैगरी सन् २०११ को आक्रमणमा परी ५९ जना मारिएका थिए । अफगानिस्तानमा कुल जनसंख्याको करिब १५ प्रतिशत सिया मुसलमान छन् । तीमध्ये अधिकांश हजारा सम्प्रदायका हुन् ।

गत जनवरीमा तालिवान र इस्लामिक स्टेटले काबुलमा गरेका दर्जनौं आक्रमणमा सयौं मानिसको ज्यान गएको थियो । तीमध्ये तालिवानले विफोस्टक पदार्थ भरेको एम्बुलेन्स बम आक्रमण गर्दा १ सयभन्दा बढी मारिएका थिए ।

हालैका महिनामा अमेरिकी र अफगान सेनाले गाउँ केन्द्रित कारबाहीमा तीव्रता दिएपछि तालिवान तथा आईएसले राजधानी काबुलमा आक्रमण बढाएका हुन् ।

प्रकाशित : चैत्र ८, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?