कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बोको हरामद्वारा ७६ छात्रा रिहा

सिन्हवा

अबुजा — नाइजेरियाको सशस्त्र विद्रोही संगठन बोको हरामले गत महिना अपहरण गरेका १ सय १० छात्रामध्ये ७६ लाई बुधबार रिहा गरेको सरकारले जनाएको छ ।

बोको हरामले एक उच्च शिक्षा अध्ययनरत ती विद्यार्थीलाई नाइजेरियाको उत्तरी सहर दाप्चीस्थित एक क्याम्पसबाट अपहरण गरेको थियो । सूचना तथा संस्कृति मन्त्रालयले अपहरित छात्रालाई बुधबार बिहान ३ बजे फिर्ता रिहा गरिएको जनाएको छ । मन्त्रालयका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । यद्यपि मन्त्रालयले तीमध्ये कुनै छात्राको मृत्यु भएकोबारे केही उल्लेख गरेको छैन । सरकारले उनीहरूको रिहाइका लागि अनौपचारिक प्रयास गरेको सूचना तथा संस्कृति मन्त्री अलहाजी लाई मोहम्मदले बताए । उनले भने, ‘देशका केही साथीहरूको सहयोगमा बिनासर्त उनीहरू मुक्त भएका हुन् ।’

मोहम्मदका अनुसार उनीहरूको रिहाइ बिनाकुनै सर्त भएको हो । किशोरीहरू आतंकवादीको जालमा फसेका थिए तर सरकारले हिंसारहित उपाय अवलम्बन गरेर उनीहरूलाई रिहा गराउन सफल भएको जनाएको छ । रिहा भएका सबै किशोरी अहिले सुरक्षित अवस्थामा आ–आफ्ना अभिभावकका साथमा रहेको मन्त्री मोहम्मदले बताए ।

प्रकाशित : चैत्र ८, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?