कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

आरोपले जीवन नर्क : सार्कोजी

बीबीसी

पेरिस — फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्काेजीले आफूमाथि लिबियाली नेता मौम्मर गद्दाफीबाट सहयोग रकम लिएको आरोपले आफ्नो जीवन ‘नर्क’ मा परिणत भएको बताएका छन् ।

आरोपले जीवन नर्क : सार्कोजी

बयानका लागि बिहीबार अदालत पेस गरिएका सार्कोजीले ‘आफूलाई कुनै प्रमाणबिना आरोप लगाइएको बताएको’ ला फिगारो अखबारले जनाएको छ । सार्कोजीमाथि सन् २००७ को राष्ट्रपतीय चुनावी अभियानमा गद्दाफीबाट अनुचित आर्थिक सहयोग लिएको बारे अनुसन्धान भइरहेको छ । पेरिस प्रहरीले उनलाई गतमंगलबार पक्राउ गरेको थियो । तर सार्कोजीले आफूले कुनै पनि गल्ती नगरेको बताउँदै आएका छन् ।

यसबारे अनुसन्धान गरिरहेको पेरिस प्रहरीले गतमंगलबार सार्कोजीका पूर्वसहयोगी एलेक्जेन्द्रे जौहरीलाई पनि पटक–पटक सोधपुछ गरिसकेको छ । जौहरीलाई केही दिनअघि बेलायतबाट पक्राउ गरिएको प्रहरीले जनाएको थियो ।

बिहीबार ला फिगारो अखबारले सार्कोजीले अदालतमा दिएको बयानको विस्तृत विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार सार्कोजीले आफूमाथि हचुवा किसिमले आरोप लगाइएको बताएका छन् ।

उनले सन् २०११ मा गद्दाफीले आफूमाथि आरोप लगाएपछि आफ्नो जीवन ‘नर्क’ भएको बताएका हुन् । २००७ मा फ्रान्सको राष्ट्रपति बनेका सार्कोजी २०१२ मा दोस्रो कार्यकालका लागि आफ्नै पार्टीभित्र उम्मेदवार छनोटका लागि भएको मतदानमा पछि परेका थिए । राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा गद्दाफीबाट गैरकानुनी सहयोग रकम लिएकोबारे फ्रान्सले सन् २०१३ देखि सार्कोजीमाथि अनुसन्धान गर्दै आइरहेको छ । एक फ्रान्स–लेबनानी व्यवसायी जियाद तक्दिदिने र गद्दाफी शासनकालका अधिकारीले सार्कोजीले गद्दाफीबाट सहयोग रकम लिएको दाबी गरेका थिए ।

व्यवसायीका अनुसार सार्कोजीले गद्दाफीबाट २ र ५ सय दरका युरो नोटका ३ सुटकेस लिएका थिए । उनले ती सुटकेसमा ५० लाख युरो भएको दाबी गरेका थिए ।

तर सार्कोजीको चुनावी अभियानका व्यवस्थापक गुएन्टले लिबियाबाट एक पैसा पनि प्राप्त नभएको दाबी गरे । उनले उक्त रकम दुई चर्चित पेन्टिङको बिक्रीबाट प्राप्त भएको जनाएका थिए ।

सार्कोजी यसअघि सन् २०१४ मा चुनावी अभियानको खर्चसम्बन्धी एक छुट्टै अनुसन्धानका क्रममा थुनामा परेका थिए । प्रहरीले एक साताअघि सार्कोजीको मन्त्रिमण्डलका सदस्य तथा निकट सहयोगी ब्राइस हर्टेफयुक्सलाई सोधपुछ गरेको थियो । समाचार संस्था रोयटर्सले प्रहरीले उनको चुनावी अभियानको क्रममा आएको रकमबारे सोधपुछ गरिरहेको उल्लेख गरेको छ ।

रोयटर्सले यसबारे प्रतिक्रिया लिन सार्कोजीका वकिलसँग गरेको प्रयास सफल हुन नसकेको उल्लेख गरेको छ । सन् २००७ मा उनको चुनावी अभियानमा लिबियाबाट रकम आएको आरोपको अनुसन्धान भइरहेको छ ।

प्रकाशित : चैत्र ९, २०७४ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?