३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

किम रेल चढेर बेइजिङ पुगेको पुष्टि

बीबीसी

सोल/बेइजिङ — एक अप्रत्याशित भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन चीनको राजधानी बेइजिङ पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले पुष्टि गरेको छ ।

किम रेल चढेर बेइजिङ पुगेको पुष्टि

सिन्ह्वाका अनुसार उत्तर कोरियाली कूटनीतिक रेल चढेर बेइजिङ पुगेका उत्तर कोरियाली नेता उनले कडा सुरक्षाबीच चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गरेको जनाएको छ । सो भ्रमणको चीन तथा उत्तर कोरियाका अधिकारीले समेत पुष्टि गरेका छन् ।

सबैभन्दा पहिला जापानी सञ्चारमाध्यमले एउटा उत्तर कोरियाली कूटनीतिक रेलबाट एक उच्च अधिकारी बेइजिङ पुगेको र कडा सुरक्षाबीच भेटवार्ता भएको जनाएको थियो । उसले ती उच्च अधिकारी अरू कोही नभएर सर्वोच्च नेता किम जोङ–उन नै भएको दाबी गरेको थियो ।

दक्षिण कोरियाले उक्त व्यक्तिको परिचय प्रस्ट नभइसकेको दक्षिणका अधिकारीले जनाएका थिए । तर ‘सावधानीपूर्वक वस्तुस्थिति नियालिरहेको’ उसले जनाएको थियो ।

चीन उत्तर कोरियाको एकमात्र अार्थिक साझेदार राष्ट्र हो ।

सन् २०११ मा उत्तर कोरियाको शासन सञ्चालन गरेका किमको यो पहिलो भ्रमण हो । उक्त भ्रमण बारे उत्तर कोरियाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर चिनियाँ विदेश मन्त्रलायले भने ‘तत्कालका लागि कुनै सूचना नभएको’ बताएको थियो। उसले केही समयभित्रै यसबारे थप जानकारी सार्वजनिक गर्ने जनाएको छ । किम जोङ–उनको चीन भ्रमणलाई निकै महत्त्वपूर्ण घटनाको रूपमा हेरिएको छ ।

गतमहिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमसँग वार्तामा बस्ने प्रस्ताव स्वीकार गरेका थिए ।

जटिल कूटनीतिक आवश्यकताका कारण अधिकारीले पर्दापछाडि काम गरिरहेको हुन सक्ने बीबीसीले जनाएको छ । यसअघि उत्तर कोरियाली र चिनियाँ नेताबीच भेटवार्ता हुन सक्ने विश्लेषकले बताएका थिए । चीन उत्तर कोरियाको प्रमुख आर्थिक तथा कूटनीतिक साझेदार हो ।

टोकियोस्थित निप्पोन न्युज नेटवर्कले किम चढेको भन्दै पहेंलो रेखा कोरिएको हरियो रंगको रेलको दृश्य प्रसारण गरेको हो । तर दक्षिण कोरियाली समाचार संस्था योनहापसँग कुराकानी गर्दै विश्लेषकले उक्त उच्च अधिकारी किम जोङ–उनकी बहिनी किम यो–जोङ पनि हुन सक्ने बताएका थिए । उनले दक्षिण कोरियामा हालै सम्पन्न हिउँदे ओलम्पिकमा सहभागी हुने उत्तर कोरियाली टोलीको नेतृत्वसमेत गरेकी थिइन् ।

सन् २०११ मा बेइजिङ भ्रमणका क्रममा किमका पिता एवं उत्तर कोरियाली पूर्वप्रशासक किम जोङ–इलले प्रयोग गरेको जस्तै रेल देखिएको निप्पोनले जनाएको थियो ।

प्रकाशित : चैत्र १४, २०७४ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?