कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

किम सांगीतिक कार्यक्रममा

बीबीसी

सोल — उत्तर कोरियाली नेता किम जोङ–उन र उनकी श्रीमतीले प्योङ्याङको एक सांगीतिक कार्यक्रममा दक्षिण कोरियाली कलाकारको कार्यक्रम हेरेका छन् ।

किम सांगीतिक कार्यक्रममा

उत्तर कोरियाली समाचार संस्था केसीएनएले किमले दक्षिण कोरियाली ‘के–पप’ समूहको कार्यक्रम हेरेपछि कलाकारहरूको प्रशंसा गरेको जनाएको छ । केसीएनएका अनुसार उनले ‘यस प्रकारका सांगीतिक कार्यक्रमले दुई कोरियाको एकीकरणका लागि महत्त्वपूर्ण अवसर मिल्ने’ बताएका थिए । हालैका महिनामा दुई कोरियाबीच सम्बन्ध सुधार भइरहेका बेला उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम सकिएपछि उनले कलाकारसँग कुराकानी गर्दै तस्बिरसमते खिचेको केसीएनएले जनाएको छ ।

सन् १९५० देखि ३ वर्षसम्म चलेको कोरियाली युद्धमा पछि विभाजित कोरियाली प्रायद्वीपका दुई देशका नेताबीच शिखर वार्ताको पूर्वसन्ध्यामा दक्षिण कोरियाली सांगीतिक टोलीले प्योङ्याङको भ्रमण गरेको हो । दुई कोरियाबीच आगामी अप्रिल २७ मा शिखर वार्ता हुँदै छ ।

यसअघि प्योङचाङ सहरमा भएको शीतकालीन ओलम्पिक समारोहका बेला उत्तर कोरियाली सांगीतिक समूहले कार्यक्रम प्रस्तुत गरेको थियो । केसीएनएका अनुसार सांगीतिक टोली एक दशकपछि दुई कार्यक्रमका लागि प्योङ्याङको भ्रमण गरेको हो । ‘स्प्रिङ इज कमिङ’ (वसन्त आउँदै छ) नाम दिइएको सांगीतिक कार्यक्रम प्योङयाङको ग्रान्ट थिएटरमा भएको हो ।

प्रकाशित : चैत्र २०, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?