पत्रकार कारबाहीको आदेश फिर्ता

एजेन्सी

नयाँदिल्ली — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले झूटो समाचार प्रकाशन/प्रसारण गरेको आरोप लागेका पत्रकारलाई कारबाही गर्न दिइएको आदेश फिर्ता लिन निर्देशन दिएका छन् ।

पत्रकार कारबाहीको आदेश फिर्ता

नयाँदिल्ली (एजेन्सी)–


भारतकी केन्द्रीय सूचना मन्त्री स्मृति इरानीले ‘झूटो समाचार’ प्रकाशन तथा प्रसारण गरेको पाइए सरकारले पत्रकारलाई दिएको परिचयपत्र निलम्बन गर्ने चेतावनी दिँदै विज्ञप्ति जारी गरेकी थिइन् । इरानीको उक्त चेतावनीको व्यापक विरोध भएपछि निर्णय फिर्ता लिन प्रधानमन्त्री मोदीले निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इरानीले पत्रकारलाई सरकारी निकायले मान्यता दिने आधार मानिएको निर्देशिकामा संशोधन गर्ने प्रस्तावसमेत गरेकी थिइन् । भारतका पत्रकार र सम्पादकले उक्त प्रस्ताव ‘प्रेसमाथिको ठाडो आक्रमण’ भएको प्रतिक्रिया दिएका थिए ।


सूचना तथा प्रसारण मन्त्रालयले उक्त प्रस्ताव ‘झूटो समाचारको बढ्दो प्रयोग’ रोक्न आवश्यक भएको बताएको थियो । यद्यपि, मन्त्रालयले त्यस्तो प्रस्तावले कसरी गलत समाचार रोकिन्छ भन्ने जनाएको थिएन । इरानीको घोषणासँगै सञ्चारमाध्यममाथि सरकारले अंकुश लगाउन खाजेको भन्दै विरोध भएको थियो ।

गत मार्चमा सरकारी निकायमा दर्ता नभएको एक वेबसाइटका सम्पादकलाई गलत समाचार प्रकाशित गरेपछि पक्राउ गरिएको थियो । गैरनाफामूलक संस्था ‘रिपोर्टर्स विद आउट बोर्डर्स’ ले गत वर्ष सार्वजनिक गरेको प्रेस स्वतन्त्रता सूचकांकमा समावेश १८० देशमध्ये भारत १३६ औं स्थानमा छ ।

प्रकाशित : चैत्र २१, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?