कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फेसबुकबाट ८ करोड ७० लाख प्रयोगकर्ताको विवरण चुहावट

बीबीसी

लण्डन — सामाजिक सञ्जाल फेसबुकले केम्ब्रीज एनालाइटीका नामक राजनीतिक परामर्श दिने संस्थाले ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण प्राप्त गरेको बताएको छ । यो तथ्यांक पहिले सोचेभन्दा निकै धेरै हो ।

फेसबुकबाट ८ करोड ७० लाख प्रयोगकर्ताको विवरण चुहावट

गोप्य जानकारी सार्वजनिक गरेका क्रिस्टोफर विलीले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको आशंका गरेका थिए । फेसबुकका प्रमुख मार्क जुकरबर्गले प्रयोगकर्ताका विवरण चुहावटका विषयमा 'थप काम गरिने' बताएका छन्।


एक पत्रकार सम्मेलनमा जुकरबर्गले भने, 'मलाई लाग्छ हामीले हाम्रो जिम्मेवारीको दायरा फराकिलो बनाउन आवश्यक छ।'


उनले फेसबुकको काम प्रयोगकर्ताका लागि सुरक्षित हुने टुल्स बनाउने मात्र नभई ती टुल्सहरूलाई प्रयोगकर्ताहरूले कसरी प्रयोग गर्छन् र त्यसबाट के परिणाम निस्कन्छ भन्ने विषयमा समेत ख्याल गर्नुपर्ने बेला आएको बताएका छन् ।


जुकरबर्गको भनाइमा प्रयोगकर्ताका विवरण चुहावट हुने सेवालाई बन्द गरिसकिएको छ र पछिल्लो प्रकरणका विषयमा फेसबुकले आउने दिनमा आन्तरिक छानबिन समेत गर्ने छ।


फेसबुकका प्रमुख प्रविधि अधिकृत माइक स्क्रोएफरको ब्लगमा प्रयोगकर्ताका विवरण कसरी चुहिन पुग्यो भन्ने विषयमा समेत लेखेका छन्।


जुकरबर्गसँग यही विषयमा सोधपुछ गर्न अमेरिकी सिनेटको कानुन तथा वाणिज्य समितिले समेत अप्रिल १० र ११ मा उनलाई बोलाएको छ ।


प्रकाशित : चैत्र २२, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?