कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

१७० अमेरिकीले रूस छाडे

एएफपी

मस्को — एक जना पूर्वरूसी गुप्तचरलाई विषालु रासायनिक पदार्थले गरिएको आक्रमणपछि अमेरिका र रूसबीच बढेको तनावबीच बिहीबार ६० अमेरिकी कूटनीतिज्ञले रूस छाडेका छन् । 

१७० अमेरिकीले रूस छाडे

रूसी समाचार संस्थाका अनुसार ६० जना कूटनीतिज्ञ राजधानी मस्कोस्थित अमेरिकी दूतावासबाट बिहीबार बाहिरिएका हुन् । एएफपी समाचार संस्थाका अनुसार ६० जना अमेरिकी कूटनीतिज्ञ र उनका परिवारसमेत गरी कैयौं अमेरिकीहरु मस्कोस्थित दूतावासबाट बसमा विमानस्थलसम्म पुगेका थिए । उनीहरु बिहीबारै अमेरिकाका लागि प्रस्थान गरेका छन् ।

यसअघि पनि अमेरिकाले वासिङ्टनस्थित ६० रूसी कूटनीतिज्ञहरुलाई देश छोड्न आदेश दिएको थियो । रूसी कूटनीतिज्ञ तथा परिवारका सदस्यसहित करिब १ सय ७० जनाले उनीहरुले गत शनिबार नै अमेरिका छाडेका थिए ।


बेलायतको सालिसबारीमा गत मार्च ४ मा ६६ वर्षीय रूसी पूर्वगुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरीमाथि भएको विषालु ग्यास आक्रमणमा रूसको संलग्नता भएको आरोप लगाइएको छ ।

अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया तथा विभिन्न युरोपेली देशले हालसम्म १ सय ९० भन्दा बढी रूसी कूटनीतिज्ञलाई देशनिकाला गरिसकेका छन् । त्यसको प्रतिक्रियामा रूसले पनि त्यतिकै संख्यामा ती देशका कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको हो । रूसले भने उक्त आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएको छ ।

प्रकाशित : चैत्र २२, २०७४ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?