मलेसियामा मे ९ मा आमनिर्वाचन

एएफपी

क्वालालम्पुर — मलेसियामा आगामी मे ९ मा आमनिर्वाचन छ । राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष मोहम्मद हसिम अब्दुल्लाहले मंगलबार भएको पत्रकार सम्मेलनमा आउँदो मे ९ तारिखका दिन मतदान हुने बताए ।

मलेसियामा मे ९ मा आमनिर्वाचन

निर्वाचन अगाडि ११ दिनमात्रै निर्वाचन प्रचारप्रसारका लागि समय तोकिएको उनले जनाए । शुक्रबार सम्पन्न मन्त्रिपरिषद्को विशेष बैठकपछि प्रधानमन्त्री नाजिब रजाकले राष्ट्रका नाममा
सम्बोधन गर्दै संसद् विघटनको घोषणा गरेका थिए ।


मलेसियाको संविधानअनुसार संसद् विघटनको बढीमा ६० दिनमा अर्को संसद्को निर्वाचन गरिसक्नुपर्ने प्रावधानअनुसार नयाँ निर्वाचनको मिति घोषणा गरिएको हो ।


आगामी निर्वाचनबाट मलेसियाली मतदाताले २२२ सांसदको सदस्यहरू चयन गर्नेछन् । आगामी निर्वाचनमा वर्तमान प्रधानमन्त्री रजाकले पनि उम्मेदवारी दिने अपेक्षा गरिएको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् ।


मलेसिया स्वतन्त्र भएपछिका प्राय: सबै निर्वाचनमा युनाइटेड मलायाज नेसनल अर्गनाइजेसनले संसदीय निर्वाचनमा जित हात पार्दै आएको छ ।

प्रकाशित : चैत्र २८, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?