२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

चिनियाँ विदेशमन्त्री जापान पुगे

एजेन्सी

टोकियो — जापान भ्रमणका क्रममा आइतबार टोकियो पुगेका चिनियाँ विदेशमन्त्री वाङ यीले जापानी समकक्षीसँग भेटवार्ता गरेका छन् ।

चिनियाँ विदेशमन्त्री जापान पुगे

जापानी विदेशमन्त्री तारो कोनोले ‘वाङको भ्रमण जापान र चीनबीचको सम्बन्ध सुदृढीकरणका लागि निकै महत्त्वपूर्ण भएको’ बताए ।


वाङले आफ्नो भ्रमणको उद्देश्य जापानको सन्देश र नीतिहरूको सकारात्मक जवाफ दिनु रहेको बताए । ‘हामीले हालैका दिनमा केही जटिल मुद्दाहरूको सामना गरिरहेका छौं ।’ वाङले भने, ‘तर जापानको प्रयाससँगै दुई देश मिलेर चीन–जापान सम्बन्धलाई विगतकै जस्तो बनाउन चाहन्छौं ।’

प्रकाशित : वैशाख ३, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?