कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘ट्रम्प राष्ट्रपतिका लागि अयोग्य’

बीबीसी

वासिङ्टन — अमेरिकी संघीय अनुसन्धान निकाय (एफबीआई) का पूर्वनिर्देशक जेम्स कोमीले ‘महिलालाई सामानको रूपमा हेर्ने’ डोनाल्ड ट्रम्प राष्ट्रपतिका लागि ‘नैतिक रूपमा अयोग्य भएको’ बताएका छन् ।

‘ट्रम्प राष्ट्रपतिका लागि अयोग्य’

पदबाट बर्खास्त गरिएपछि कोमी पहिलोपटक टेलिभिजन अन्तर्वार्तामा देखिएका हुन् । अन्तर्वार्ता प्रसारण हुनुभन्दा केही घण्टा पहिले ट्रम्पले कोमीले ‘धेरै झूट बोलेको’ बताएका थिए ।

अन्तर्वार्ताका क्रममा कोमीले रूससँग ट्रम्पलाई तर्साउन प्रयोग गर्न मिल्ने सामग्री भएको हुन सक्ने बताए । उनले राष्ट्रपति ट्रम्पले न्यायलाई अवरोध गरिरहेको केही प्रमाण निश्चित रूपमा रहेको दाबी गरे ।

ट्रम्पले ट्वीटरमा कोमीको आलोचना गर्दै उनलाई ‘ठग’ र ‘नराम्रो व्यक्ति’ भनेका छन् । कोमीले ट्रम्प राष्ट्रपतिको जिम्मेवारी बहन गर्न मानसिक रूपमा आयोग्य नभए पनि निरन्तरको झूटोपन र महिलाबारेका धारणाका कारण उनी अक्षम रहेको दाबी गरे ।

कोमीले ट्रम्पले सत्य र महत्त्वपूर्ण कुरालाई खासै चासो नदिने जनाए । ‘हाम्रो देशका राष्ट्रपतिले आधारभूत मान्यतालाई सम्मान र पालना गर्नैपर्छ,’ उनले भने, ‘सबैभन्दा मूल कुरा सत्य हो । तर राष्ट्रपतिले त्यसो गर्न सकिरहनुभएको छैन ।’

ट्रम्प र कोमीबीच लामो समययता वाक्युद्ध चलिरहेको छ । कोमीले आफ्नो आत्मकथा प्रकाशनमा ल्याउने घोषणा गरेपछि दुई जनाबीचको विवाद उत्कर्षमा पुगको हो । एफबीआईका पूर्वप्रमुख कोमी हाल आफ्नो पुस्तकको प्रचार प्रसारमा व्यस्त छन् ।

यसअघि ट्रम्पले ‘नराम्ररी सम्पादन गरिएको पुस्तक’ ले ठूला सवालहरू खडा गर्न सक्ने बताएका थिए । पुस्तकमा कोमीले ट्रम्पको आनीबानी र पारिवारिक सम्बन्धबारे पनि केही खुलासा गरेपछि उनले कोमीलाई थुनामा राख्नुपर्ने बताएपछि दुई जनाबीच वाक्युद्ध चर्केको हो । कोमी सन् २०१३ को सेप्टेम्बर ४ देखि एफबीआईको निर्देशकका बनेका थिए । उनलाई राष्ट्रपति ट्रम्पले २०१७ को मे ९ मा पदबाट बर्खास्त गरेका हुन् । पूर्ववकिल तथा लेखक कोमी डिसेम्बर २००३ देखि अगस्ट २००५ सम्म अमेरिकाको महान्यायधिवक्ता बनेका थिए ।

प्रकाशित : वैशाख ४, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?