कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कारागारमा झडप, ७ को मृत्यु

एएफपी

वासिङ्टन — अमेरिकाको साउथ क्यारोलिना राज्यको एक कारागाका कैदीहरूबीच भएको झडपमा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

कारागारमा झडप, ७ को मृत्यु

साउथ क्यारोलिनाका अधिकारीका अनुसार झडपमा परी १७ बन्दी गम्भीर घाइते भएका छन् । झडप सोमबार बिहान ३ बजे भएको कारागारका प्रवक्ता जेफ टेइलनलाई उद्धृत गर्दै गार्जियन अनलाइनले जनाएको छ ।

प्रवक्ताका अनुसार मृतक तथा घाइते अधिकांशलाई छुरा प्रहार गरिएको थियो । उनका अनुसार झडपमा ३ छुट्टाट्टै कक्षका बन्दीहरू संलग्न भएका थिए । निकै कडा सुरक्षास्थिति रहेको मानिने बिसपभिलस्थित ली करेक्सनल इन्स्टिच्युसन (लीसीआई) मा भएको झडप नियन्त्रणमा आइसकेको विभागले जनाएको छ ।

‘लीसीआईमा भएको झडपमा ७ को मृत्यु भएको छ भने घाइते १७ को उपचार भइरहेको छ ।’ विभागले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ, ‘झडपको कारणबारे अध्ययन भइरहेको छ ।’

यसअघि उक्त कारागारमा गत फेब्रुअरी तथा २०१७ को नोभेम्बर र जुलाईमा भएका भिडन्तमा ३ कैदीको मृत्यु भएको थियो । सन् २०१५ मा झडप भएको थियो । उक्त झडपलाई नियन्त्रण लिने क्रममा दुई प्रहरी अधिकारीको मृत्यु भएको थियो ।

प्रकाशित : वैशाख ४, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?