२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

अफगानिस्तानमा १६ जना तालिबान मारिए

रासस/सिन्ह्वा

गजनी,अफगानिस्तान — अफगानिस्तानको पूर्वीप्रान्त गजनीको मुकार जिल्लामा भएको झडपमा १६ जना आतंककारी मारिएका छन् । 

अफगानिस्तानमा १६ जना तालिबान मारिए

सुरक्षाबलसँगकाे झडपमा कम्तीमा पनि १६ जना आतंककारी मारिएका छन् भने १३ भन्दा बढी घाइते भएका गजनी प्रान्तका प्रान्तीय प्रमुख मोहमद जमान खोस्तीले मंगलबार जानकारी दिएका छन् ।


मुकार जिल्लाको अलि खिल क्षेत्रमा गस्तीमा रहेका सुरक्षा अधिकारीहरुलाई एक बसमा आएका तालिबान लडाकू समूहले गरेको आक्रमणपछि दुई समूहबीच झडप भएको बताइएको छ ।


झडपको क्रममा १६ जना आतंककारी मारिएपछि त्यहाँ बाँकी रहेका आतंककारी भागेका थिए ।


अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरको अन्त्यमा नेटो सेनाका प्रायः सेना अफगान युद्ध सकिएको घोषणा गर्दै त्यहाँबाट फर्किएकापछि अफगान सुरक्षाबल माथिको आक्रमण बढ्नुको साथै हताहत पनि बढेको पाइन्छ ।

प्रकाशित : वैशाख ४, २०७५ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?