विवाहको गाडी दुर्घटना हुँदा २१ को मृत्यु, १२ घाइते

रासस/सिन्ह्वा

नयाँदिल्ली — वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । 

विवाहको गाडी दुर्घटना हुँदा २१ को मृत्यु, १२ घाइते

ट्रक प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।


मध्य प्रदेशको राजधानी भूपालदेखि ५सय ७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने नदीमा मंगलबार राति मिनीट्रक खसेको हो ।


गएराति भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्, एक अधिकारीले भने ।


घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरेर उपचार गरिएको छ, घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुले बताएका छन् ।


सरकारी अधिकारीहरुले उद्धार कार्य सम्पन्न भएको जनाएका छन् । मध्ये प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई राहत रकमको समेत घोषणा गरे ।


दुर्घटनाका बारेमा थप अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न पनि मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।


भारतमा यस्ता दुर्घटनाका घटना धेरै हुने गरेको र दुर्घटनाका कारण सयौँको मृत्यु हुने गरेको छ । भारत अत्यधिक मात्रामा सवारी दुर्घटना हुने देशहरु मध्येमा अग्रस्थानमा पर्छ ।

प्रकाशित : वैशाख ५, २०७५ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?