कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुटिन ट्रम्पलाई भेट्न तयार : रूसी विदेश मन्त्रालय

रासस/सिन्ह्वा

मस्को — रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी निमन्त्रणामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न तयार रहेको बताएको रूसी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । तर मस्कोले अमेरिकी विस्तृत प्रस्तावको पर्खाइमा रहेको रूसी विदेश मन्त्रालयले बताएको छ। 

पुटिन ट्रम्पलाई भेट्न तयार : रूसी विदेश मन्त्रालय

ट्रम्पले पुटिनसँग गत मार्च २० मा भएको टेलिफोन वार्तामा ह्वाइट हाउसमा भेट गर्नका लागि प्रस्ताव गरेको बिषयलाई रूसी विदेशमन्त्री सेर्गेई लाभरोभले विदेशमन्त्रालयको वेवसाइटमा प्रकाशितएक अन्तर्वार्तामा बताएका छन् । लाभरोभले भने, “अमेरिकाले निमन्त्रणाको बिषयलाई प्रष्टरूपमा प्रस्तुत गरोस् ।”


ट्रम्प र पुटिनबीचको वार्तापछि सोही दिन अमेरिकी राष्ट्रपतिले सञ्चारमाध्यमसँग कुराकानी गरी आफूले पुटिनलाई ‘ढिलो नगरी’ भेट्न चाहेको बताएको विषयलाई लाभरोभले स्मरण गरे । ।


क्रेमलिनका सहयोगी यूरी उसाकोभले यसै महिनाको शुरूमा मार्चपछि दुई राष्ट्रपतिको भेटका बिषयमा कुनै छलफल नभएको बताएका थिए ।


अमेरिकाले रसियामाथि लगाएको नयाँ चरणको नाकावन्दी र सिरियामा अमेरिकी नेतृत्वमा भएको हवाई हमलाले पुटिन र ट्रम्पबीच हुने भनिएको वार्तालाई अनिश्चिल बनाइदिएको छ । रूस र अमेरिकाबीचको सैन्य विवादलाई ट्रम्प र पुटिनले सशस्त्र युद्धमा परिणत हुन नदिने दृढ विश्वास लाभरोभले बताएका छन् ।

प्रकाशित : वैशाख ७, २०७५ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?