कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सिरिया रासायनिक आक्रमण, विज्ञ टोली घटनास्थल जाँदै 

बीबीसी

मस्को — रूसले सिरियाको डुमा सहरमा संधिग्द रासायनिक आक्रमणको अनुसन्धान गर्न विज्ञ टोली त्यसतर्फ प्रस्थान गरेको जनाएको छ । 

सिरिया रासायनिक आक्रमण, विज्ञ टोली घटनास्थल जाँदै 

रूसी विदेश मन्त्रालयका अनुसार रासायनिक हतियारको प्रतिबन्धसम्बन्धी अन्तर्राष्ट्रिय संगठनको टोली सिरियाको राजधानी दमास्कसको पूर्वमा रहेको डुमा सहरतर्फ शनिबार प्रस्थान गरेको जनाएको छ । यसअघि उक्त संगठनका ९ सदस्य घटनास्थलमा प्रवेशका लागि सिरियाली राजधानीमा रोकिएका थिए ।


गत अप्रिल ७ मा उक्त स्थानमा शंकास्पद रासायनिक आक्रमणपछि रूस र पश्चिमा देशबीच तनाव बढेको छ । रूसले सिरियामा द्वन्द्वरत विद्रोहीविरुद्धको आक्रमणमा सरकारी सेनालाई सहयोग गर्दै आएको छ ।


तर रूस तथा सिरियाले उक्त स्थानमा आफूहरूले कुनै पनि रासायनिक आक्रमण नगरेको दाबी गर्दै आएका छन् । अमेरिका, बेलायत र फ्रान्सले उक्त आक्रमणको विरोधमा गतसाता क्षेप्यास्त्र आक्रमण गरेका थिए । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार सिरियाको रासायनिक हतियार निर्माण तथा भण्डारण स्थलमा १ सय ५ क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेको थियो ।

त्यसलगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा अमेरिकाले ‘पुन: आक्रमण गरे स्थिति भयावह हुने’ चेतावनी दिएका थिए ।

प्रकाशित : वैशाख ८, २०७५ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?