कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रासायनिक आक्रमण अनुसन्धान सुरु

बीबीसी

मस्को/दमास्कस — सिरियाको डुमा सहरमा दुई साताअघि भएको सन्दिग्ध रासायनिक आक्रमणबारे अन्तर्राष्ट्रिय टोलीले अनुसन्धान सुरु गरेको छ । 

रासायनिक आक्रमण अनुसन्धान सुरु

रासायनिक हतियार प्रतिबन्ध सम्बन्धी अन्तर्राष्ट्रिय संगठन ओपीसीडब्लूको टोली सिरियाको पूर्वी सहरमा पुगेर विभिन्न नमुना संकलन गरेको बीबीसीले जनाएको छ । यसअघि अध्ययनका लागि घटनास्थल जाने क्रममा रहेका ओपीसीडब्लूका ९ सदस्य सिरियाली राजधानी दमास्कसमा रोकिएका थिए ।


ओपीसीडब्लूले आइतबार एक विज्ञप्ति जारी गर्दै अप्रिल ७ मा आक्रमण गरिएका दुईमध्ये एक स्थानबाट संगठनका सदस्यहरूले नमुना संकलन गरेको बताए । संकलित नमुना अनुसन्धानका लागि प्रयोगशालामा पठाइनेछ । स्थानीय एक टेलिभिजनका संवाददाताले उक्त स्थानबाट ओपीसीडब्लूका सदस्यहरू दमास्कस फर्किसकेको बताए । डुमामा गत अप्रिल ७ मा सिरियाली सरकारी फौजले गरेको विद्रोही लक्षित कारबाहीमा ७० जनाको मृत्यु भएको थियो । पश्चिमा देशले उक्त आक्रमणमा रासायनिक हतियारको प्रयोग भएको दाबी गर्दै आएका छन् ।


अमेरिकी नेतृत्वको आक्रमणपछि रुस र पश्चिमा देशबीच जारी तनाव उत्कर्षमा पुगेको छ । रुसले सिरियामा द्वन्द्वरत विद्रोहीविरुद्धको आक्रमणमा सरकारी सेनालाई सहयोग गर्दै आएको छ । अमेरिका, बेलायत र फ्रान्सले आक्रमणको प्रतिक्रियामा गतसाता सिरियामा क्षेप्यास्त्र आक्रमण गरेका थिए । अमेरिकी रक्षा मन्त्रालयले सिरियाको रासायनिक हतियार निर्माण तथा भण्डारणस्थलमा १ सय ५ क्षेप्यास्त्र प्रहार गरिएको जनाएको थियो ।

प्रकाशित : वैशाख १०, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?