कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा नग्न बन्दूकधारीको आक्रमण चारको मृत्यु

बीबीसी

वासिङ्टन — अमेरिकी राज्य टेनिसीस्थित वाफल हाउसमा आइतबार एकजना नग्न युवकले अर्ध स्वचालित राइफलबाट जथाभावी गोली प्रहार गर्दा ४ जनाको ज्यान गएको छ ।

अमेरिकामा नग्न बन्दूकधारीको आक्रमण चारको मृत्यु

बन्दूकधारीले सुरुमा रेष्टुरेन्टको पार्किङस्थलमा उभिइरहेका २ जनालाई गोली प्रहार गरी भित्र प्रवेश गरेका थिए । घटनामा तीनजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये एकले बन्दुकधारी युवकलाई नियन्त्रणमा लिने प्रयास गरेसँगै सो व्यक्ति घटनास्थलबाट भागेको प्रहरीले बताएको छ ।


अमेरिकी सञ्चारमाध्यमले बताएअनुसार आक्रमणकारीको गोली लागि ३ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो ।


आक्रमणकारीले घटनास्थलसम्म जान प्रयोग गरेको गाडीको आधारमा ती युवक २९ वर्षीय ट्राभिस रेन्किङ रहेको दाबी प्रहरीले गरेको छ । उनी एक वर्ष अघि अमेरिकी राष्ट्रपतिको कार्यालय तथा निवास ह्वाइट हाउसको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजे पछि पक्राउ गरिएको बताइएको छ । घटनापछि फरार रहेका ती युवकको प्रहरीले खोजी गरिरहेको छ ।


गत वर्ष सोही प्रकृतिको हतियार प्रयोग गरी लस एन्जलसमा एक बन्दुकधारीले ५८ जनाको ज्यान लिएका थिए भने । यसै वर्षको फेब्रुअरीमा फ्लोरिडास्थित एक स्कुलमा १७ जनाको ज्यान जाने गरी भएको गोलीबारीमा पनि त्यस्तै बन्दुकको प्रयोग गरिएको थियो ।


प्रकाशित : वैशाख १०, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?